default_image

8 years ago

December 25, 2016

फाल्गुनन्द गोल्ड कपमा दर्शकका लागि अस्थाई प्यारापिट

112 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर– पूर्वाञ्चलमा पहिलो पटक आयोजना भइरहेको राष्ट्रिय खेलकुदको सातौं संस्करणको समापनकै दिन पाँचथरको फिदिमका फाल्गुन्द गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । फिदिम स्पोर्टिङ क्लबलेले आयोजना गर्ने पूर्वी पहाडको चर्चितको फुटबल प्रतियोगिता पुस १५ गते सुरु हुँदैछ ।

phidim

यो फाल्गुनन्द कपको आठौं संस्करण हो । दर्शकको सुबिधाको लागि आयोजकले बाँसको अस्थाइ प्याराफिट निर्माण गरिदैछ । अस्थाई प्यारापिट करिब ५ हजार दर्शक क्षमताको रहेको आयोजकले बताएका छन् । प्यारापिट निर्माणका लागि ३ लाख रुयैँया खर्च लागेको बताइएइको छ । फाल्गुनन्द कपमा पहिलो पटक अस्थाइ प्यारापिट निर्माण गरिएको हो । प्यारापिट निर्माण संगै फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

आयोजक क्लबसहित पूर्वाञ्चलका चर्चित क्लब, भारत र भुटानका क्लब गरि १० टोलीको सहभागिता रहने स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले बताए । आयोजक फिदिम स्पोटिङ, कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ ,साइनो फुटबल क्लब मोरङ , विर्ता युनाटेड ,सुनसरि –११ , हिमालयन शेर्पा क्लब , रुपन्देहि ११, चर्च व्याइज क्लब काठमाडांै, भारतको शेर क्लब र भुटानको फ्रेन्ड्स क्लब (बिआसी) को सहभागिता रहनेछ । झन्डै  २८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेता २ लाख ५० हजार र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

January 11, 2025

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]

January 11, 2025

आहा रारा पोखरा गोल्डकपमा जयश्री फुड सह प्रायोजक

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]

January 11, 2025

महिला लिगमा एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग दुई शीर्ष टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ।अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्। सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित […]

Success

Thank you for your time.