default_image

2 years ago

November 13, 2022

भारतमा संकटालाई उपाधि, जुमानु सर्वोत्कृष्ट खेलाडी

286 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व तीन कप्तानसम्मिलित सिएमजी क्लब संकटा नेपालले भारतको नयाँ दिल्लीमा आयोजित थ्री नेसन्स भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

नयाँ दिल्लीमा शनिबार भएको फाइनलमा दिल्ली सन्डे क्लब भारतलाई ४–० ले हराउँदै उपाधि जितेको थियो । संकटालाई जित दिलाउन राष्ट्रिय फुटबल टोलीका पूर्व फरवार्ड जुमानु राई र विकर्ण श्रेष्ठले समान २ गोल गरेका थिए । जुमानु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

त्यसअघि शुक्रबार भएको खेलमा संकटाले दिल्ली सन्डे २–१ र भेट्रान्स फुटबल क्लब बंगलादेशलाई ४–० ले हराएको थियो । दिल्लीसँगको खेलमा जुमानु र बंगलादेशको टोलीसँगको खेलमा राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङ म्यान अफ दी म्याच चुनिएका थिए ।

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानत्रय उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, राकेश श्रेष्ठसहित टोलीमा अधिकांश पूर्व राष्ट्रिय खेलाडी रहेका थियए । राष्ट्रिय टोलीका फरवार्ड जुमानु, राजुसहित मडफिल्डर प्रदीप महर्जन, गोलकिपर सुरेन्द्र श्रेष्ठ, डिफेन्डर चुन थापालगायतका थिए ।

टोलीका अन्य खेलाडीमा राजकुमार केसी, कल्याण खड्गी, विजय जायाकु श्रेष्ठ, रमेश गुरुङ, सन्तोष बस्नेत, विष्णुबहादुर सुनार, राजन महर्जन, रञ्जित लामा थिए । आशिषमान सिंह व्यवस्थापक रहेको टोलीको प्रशिक्षकमा राजेश मानन्धर, फिजियो राजु दाहाल र अफिसियलमा सुदन बज्राचार्य रहेका थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.