default_image

2 years ago

November 13, 2022

आर्सनलको ५ अंकको अग्रता

195 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगकाे शीर्षस्थानमा स्पष्ट ५ अंकको अग्रता कायम गरेको छ । वल्भ्सलाई २–० ले पराजित गर्दै आर्सनलले आफ्नो शीर्षतालाई थप मजवुत बनाएको हो ।

वल्भ्सको मैदानमा आर्सनलको जितमा दुवै गोल मार्टिन ओडेगार्डले गरे । घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि आर्सनलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

५५औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । उनले फावियो भिएराको पासमा गोल गर्न सफल भएका थिए । ७५औं मिनेटमा ओडेगार्डको अर्काे गोल थप्दै टोलीको जित पक्का गरे ।

यस जितसँगै आर्सनलको १४ खेलबाट ३७ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ अंक छ । शनिबार राति नै ब्रेन्टफर्डसँग २–१ स्तब्ध भएपछि सिटीले आर्सनलसँगको अंकलाई घटाउन सकेन । पराजित वल्भ्स १० अंक जोडेर पुछारमा छ ।

September 8, 2024

जर्मनीको फराकिलो जित

एजेन्सी – जर्मनीले युइएफए नेसन्स लिगमा फराकिलो जित निकालेको छ । ग्रुप थ्रीमा जर्मनीले शनिवार हङ्गेरीमाथि ५-० को जित निकाल्यो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको जितमा निकोलस फ्युलक्रुग, मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पावलोभिच र काई हाभर्ट्ज गोल गरे । जर्मनीका निकोलस फ्युलक्रुगले २७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५८औं मिनेटमा मुसियालाले गोल […]

September 8, 2024

नेसन्स लिगमा इङ्ग्ल्यान्डको जित

एजेन्सी – इङ्ग्ल्यान्डले युइएफए नेसन्स लिगको गणतान्त्रिक आयरल्यान्डलाई हराएको छ। ग्रुप–टुमा शनिवार भएको खेलमा इङ्ग्ल्यान्ड २-० ले विजयी भएको हो। टोलीलाई जित दिलाउन डेक्लेन राइस र ज्याक ग्रेलिसले गोल‌ गरे। राइसले ११ औं र ग्रेलिसले २६ औं मिनेटमा गोल गरेका हुन्। कार्यवहाक प्रशिक्षक लि कार्ल्सलीको नेतृत्वमा इङ्ग्ल्यान्डले सफलता प्राप्त गरेको हो। गेराथ साउथगेटले छोडयता इङ्ग्ल्यान्डको […]

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

Success

Thank you for your time.