default_image

2 years ago

November 12, 2022

बसन्त गौचनले सुरु गरे फुटबल एकेडमी

149 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले आफ्नो गृह नगर पोखरामा फुटबल एकेडेमी संचालनमा ल्याएका छन् ।

विगत दुई दशक देखि जापानलाई कर्मथलो बनाउदै आएका उनले आफ्नै नाममा खोलेको बसन्त गौचन (बीजी) फुटबल एकेडेमी शनिबार देखि सन्चालनमा आएको हो । ३ महिना अघि एकेडेमीमा प्रशिक्षण दिन सुरु गरे पनि शनिबार यसको औपचारिक उद्घाटन गरिएको थियो । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा अवस्थित एकेडमी १५ रोपनी जग्गामा फैलिएको छ ।

दिनको २ सय जनालाई प्रशिक्षण दिन सकिने एकेडेमीको निर्देशकमा एन्फा प्रशिक्षक राजेन्द्र तामाङ, मुख्य प्रशिक्षकमा शम्भु केसी राखिएको छ । अखिल नेपाल फुटबल संघका (एन्फा) वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, पोखरा महानगरपालिकाका वडा नं.२७ का अध्यक्ष पूर्णबहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य दिलबहादुर गुरुङ र एकेडमीका अध्यक्ष बसन्त गौचनले एकेडेमीमा प्रशिक्षण लिइरहेका विज्ञान भाग्य भुजेललाई छात्रावृतिका साथै खेलकुद पोशाक प्रदान गरि एकेडेमीको उद्घाटन गरेका थिए ।

मंसिरको तेस्रो साताबाट एन्फाले पनि राजधानीमा ८ देखि १५ वर्षका खेलाडीलाई प्रशिक्षण दिन लागेको जानकारी गराउदैं एन्फा केन्द्रिय उपाध्यक्ष खड्काले बसन्त गौचन एकेडेमीका लागि प्रशिक्षक, खेल सामाग्री सबै सहयोग गर्न नेपाली फुटबलको सर्वोच्च निकाय गर्न तयार रहेको जनाए । पोखरा महानगरपालिकाका वडा नं.२७ का अध्यक्ष गुरुङले बसन्त गौचन फुटबल एकेडेमीका कारण रिठेपानीले आफ्ना पहिचान पाएको जनाए ।

नेपालको यू १६, यू २३ हुँदै बसन्त गौचन सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदबाट सुपर स्टार बनेका थिए । त्यसको लगत्तै जापान लागेका उनले जापानको फनरुट्स फुटबल एकेडेमीमा प्रशिक्षण दिँदै आएका छन् । हाल उनले टोकियोकै चोफुओच्का सकर क्लबको युथ टोली सम्हाल्दै आएका छन् ।

अध्यक्ष गौचनले आफुले नेपालबाट उमेर समूह देखि राष्ट्रिय टोलीसम्म खेले पनि युवा फुटबलको वास्तविक अर्थ जापान पुगेपछि मात्र थाहा पाएको बताए । जापानमा ४ वर्ष देखि बच्चालाई प्रशिक्षण दिने र १२ वर्ष देखि एक्सपोज गराउने गरेकाले नेपालमा पनि यो मोडल अपनाउन जरुरी भएको महसुश गरेर एकेडेमी सन्चालनमा ल्याइएको बताए ।

एकेडेमीका अध्यक्ष गौचनले भविष्यमा फनरुट्ससहित जापानका विभिन्न एकेडेमी तथा जर्मनीको जुगेन्ड फुटबल एकेडेमी, कोलोनसँग द्विपक्षीय सम्बन्ध विस्तारका लागि सम्झौता भइसकेको बताए । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवंम पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईले नेपाली खेलकुदको निराशाका कारण गौचन जापान लाग्नु परेको जनाउदै तर विदेशमा दुखः गरेर उनले स्वदेशको फुटबलमा सहयोग गर्न आएकाले एकेडेमीलाई सबैले मिलेर सहयोग गर्नु पर्ने जनाए ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रन्जीत, सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य दिलबहादुर गुरुङले एकेडेमीको सफलताका लागि शुभकामना दिए । निर्देशक राजेन्द्र तामाङले युवा फुटबलमा ठुलो उद्धेश्य राखेर एकेडेमी सञ्चालनमा ल्याएको बताए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.