default_image

2 years ago

November 12, 2022

३८ वर्षमा डेब्यु अनि पहिलो विश्वकप

183 views

0 Bookmark

एजेन्सी – सामान्यतया फुटबलमा ३५ वर्ष काटेपछि कमै खेलाडीले सक्रिय खेल जीवन बिताउँछन् । ३० वर्ष पार गरेपछि क्लब फुटबलमा ध्यान दिन राष्ट्रिय टोलीबाट सन्न्यास लिनेको संख्या धेरै छ । तर नेदरल्यान्ड्सका रिमको पस्भीरको गाथा भने पृथक छ ।

क्लब फुटबलमा सुरुवाती रोजाइमा पर्न संघर्षरत पस्भीरले एक वर्षको अन्तरमा आफूलाई आयाक्सको सुरुवाती रोजाइ हुँदै डेब्यु गर्ने स्थानसम्म पुर्याए । ३८ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनी कतार विश्वकपमा मुख्य गोलरक्षकको रुपमा जाँदैछन् । अघिल्लो वर्षसम्म उनी आयाक्सको तेस्रो रोजाइमा थिए ।

सन् २००६ मा अन्डर-२१ युरोमा सहभागी गोलरक्षक पस्भीरले एफसी ट्वेन्टेका लागि खेलिरहेका थिए । सिनियर टोलीमा पर्याप्त अवसर नपाएपछि उनी हर्कालेस अल्मेलो पुगे । घरेलु लिगमा नियमित खेलेका उनले सन् २०१४ मा लिग उपाधि दावेदार पिएसभी पुगे । तर त्यहाँ उनले सोचेजस्तो अवसर पाएनन् ।

सन् २०१७ मा भिटेस पुगेपछि उनले थप अवसर पाउन थाले । उनले टोलीको कप्तानी गर्दै सन् २०१९-२० सिजनमा क्लबको प्लेयर अफ द सिजन पनि भए । सन् २०२१ मा उनी सिमित अवसर पाउने पक्का भएपनि आयाक्स पुगे । आयाक्सको तेस्रो रोजाइको गोलरक्षक बन्ने निर्णयमा उनको उमेर पनि कारण थियो । आयाक्सले उनको अनुभवलाई हेर्दै २ वर्ष सम्झौता गरेको थियो ।

तर आयाक्समा आन्द्रे ओनाना प्रतिबन्धमा पर्नु र मार्टेन स्टेकेलेनबर्ग घाइते हुँदा पस्भीरले खेल्ने अवसर पाए । पाएको अवसरमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले राष्ट्रिय टोलीमा स्थान पाए । २०२२ सेप्टेम्बर २२ मा उनले सिनियर टोलीबाट डेब्यु गरे । डेब्यु गर्दा उनको उमेर ३८ वर्ष थियो ।

डच टोलीमा यसपटक विश्वकपमा उनले सुरुवात गर्ने प्रबल सम्भावना छ । टोलीमा सबैभन्दा अनुभवी उनले जस्टिन बिलो र आन्द्रीएस नोपर्टसँग सुरुवाती स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.