default_image

2 years ago

November 11, 2022

नेपाल महिला साफ यू १५ च्याम्पियन

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अपराजित रहँदै नेपाली टोलीले महिला साफ यू १५ च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशमा सम्पन्न च्याम्पियनसिपको अन्तिम दिन घरेलु टोलीसँग १–१ को बराबरीमा रोकिएपनि नेपाल अपराजित रहेर च्याम्पियन बन्न सफल भएको हो ।

महिला फुटबलमा नेपालको यो पहिलो उपाधि हो । उमेर समूह होस् वा सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले यसअघि उपाधि जित्न सकेको छैन ।

डबल राउन्ड रोविनका आधारमा भएको च्याम्पियनसिपका यसअघिका तीनै खेलमा जित निकालेको हो । सहभागी ३ टोलीमा १० अंकका साथ नेपाल च्याम्पियन बनेको हो । नेपालले भुटानलाई पहिलो खेलमा ७–० र दोस्रो खेलमा बंगलादेशलाई १–० ले हराएको थियो । अर्को खेलमा नेपालले भुटानलाई १–० ले हराएको थियो ।

शुक्रबार रुमा अख्तेरको गोलमा बंगलादेशले खेललाई १–१ को बराबरीमा ल्याएको थियो । उनले ५४ औं मिनेटमा गोल गरेकी थिइन् । ढाकास्थित बीएसएसएसएमके स्टेडियममा त्यसअघि खेलको १४औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई १–० को अग्रता लिएको थियो ।

रानी बहादुर कानोनको कमजोर क्लिरेन्सलाई नियन्त्रणमा लिदै सुशिलाले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले जाली चुम्दा बंगलादेशकी गोलरक्षक सोंगिता रानी दासले बचाउन सकिनन् । खेलको अन्तिम मिनेट बंगलादेशको पेनाल्टीलाई नेपाली गोलकिपर सुजता तामाङले रोक्दै टोलीको सम्भावित हारलाई टारेकी थिइन् । विपक्षी जोएनब बिबी रिताको पेनाल्टी प्रहारलाई कप्तानको जिम्मेवारी समेत निर्वाह गरेकी सुजताले रोकी थिइन् ।

March 12, 2025

लिभरपुललाई हराउँदै पिएसजी क्वाटरफाइनलमा

एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्‍यो। यो जितले‌ पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

Success

Thank you for your time.