default_image

2 years ago

November 11, 2022

पाकिस्तानविरुद्ध नेपाली टोलीको कप्तानी रोहितले गर्ने

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानविरुद्ध अर्को साता हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको कप्तानी रोहित चन्दले गर्ने भएका छन् । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले कप्तानी सम्हालने भएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पाकिस्तानविरुद्ध २३ सदस्यीय टोलीको घोषणा गर्दा रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । आइ लिग क्लब राउन्ड ग्लास पन्जाब एफसीमा व्यवस्त रहेका कारण किरणले पाकिस्तानविरुद्धको खेल गुमाउने भएका हुन् ।

उनको अनुपस्थितिमा गोलकिपरमा विशाल श्रेष्ठ, दीपक कार्की र विकेश कुथु रहेका छन् । रोहितसहित रक्षापक्तिमा अनन्त तामाङ, विकास तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का रहेका छन् ।

मिडिफल्डमा तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज ज्यू ठकुरी, पुजन उपरकोटी, आभाष लामिछाने, अन्जन विष्ट रहेका छन् । यसअघि गत महिना बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीमा नरहेका नवयुग श्रेष्ठले राष्ट्रिय टोलीमा पुनरामगन गरेका छन् । उनीसँगै फरवार्डलाइन विमल घर्तीमगर, सुनिल बल र रितक खड्का रहेका छन् ।

नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । एन्फाले भिआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ ।

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.