2 years ago
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपको डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले घरेलु टोली बंगलादेशविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।
नेपालले बंगलादेशविरुद्ध १–० को अग्रता लिएको हो । ढाकास्थित बीएसएसएसएमके स्टेडियममा भएको खेलको १४औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाइन् ।
रानी बहादुर कानोनको कमजोर क्लिरेन्सलाई नियन्त्रणमा लिदै सुशिलाले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले जाली चुम्दा बंगलादेशकी गोलरक्षक सोंगिता रानी दासले बचाउन सकिनन् ।
२३औं मिनेटमा जोनोव विवि रिताको कर्नरलाई कप्तान रुमा अख्तेरले गरेको हेडर प्रयासलाई सिमरन राईले गोललाईनबाट हेडमार्फत क्लियर गर्दै नेपालको अग्रता कायम राखे ।
यस च्याम्पियनसिपमा ५ गोल गरिसकेका फरवार्ड वर्षा ओली र नियमित कप्तान दीपा रोकायाले बंगलादेशविरुद्ध खेलेका छैनन् । दोस्रो हाफ केही बेरमा शुरु हुनेछ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]