default_image

2 years ago

November 11, 2022

पोल्याण्डको विश्वकप टोली घोषणा

137 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई समेट्दै पोल्यान्डले फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ ।

३४ वर्षीयाले लेवान्डोस्कीले रुसमा २०१८ मा भएको विश्वकप पनि खेलेका थिए । त्यतिबेला पोल्यान्ड १२ वर्षपछि पहिलोपटक विश्वकप खेलेको थियो ।

इंग्लिस क्लब एस्टन भिल्लाका डिफेन्डर जान बेड्नारेक र म्याटी क्यास तथा मिडफिल्डर क्रिस्टियन बिलिकले पनि पोल्यान्डको टोलीमा स्थान बनाएका छन् । इटालियन क्लब नेपोलीका पिओटर जिलेन्स्की र युभेन्टसका फरवार्ड अर्काडिअस मिलिक पनि टोलीमा समेटिएका छन् ।

जेसला मिचनिविचको प्रशिक्षणमा रहने पोल्यान्डले नोभेम्बर २२ मा मेक्सिको, २६ नोभेम्बरमा साउदी अरेबिया र ३० नोभेम्बरमा अर्जेन्टिनासँग समूह सी मा खेल्नेछ ।

पोल्याण्डको विश्वकप टोली :

गोलकिपर – वोजसिएच स्जेस्नी, बार्टलोमिज ड्रागोस्की र लुकाज स्कोरुप्स्की

डिफेन्डर – जान बेड्नारेक, कामिल जिल्क, रोबर्ट गुम्नी, अर्थर जेड्रजेजिक, जाकुब किविओर, माटेअस विटेस्का, बार्टोज बेरेस्जिन्स्की, म्याटी क्यास र निकोला जालेव्स्की

मिडफिल्डर – क्रिस्टियन बिलिक, प्रजेमिस्लाव फ्रान्कोव्स्की, कामिल ग्रोसिकी, जेगोर्ज क्राइचोविक, जाकुब कामिन्स्की, माइकल स्कोरास, डामिएन सिमान्स्की, सेबास्टियन सिमान्स्की, पिओटर जिलेन्स्की, सिमोन जुर्कोस्की

फरवार्ड – रोबर्ट लेवान्डोस्की, एर्काडिअस मिलिक, क्रिजस्तोफ पियाटिक, कारोल स्विडर्सकी

फिफा विश्वकप २०२२ कतार – सहभागी देशको अन्तिम टोली

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.