2 years ago
November 11, 2022
एजेन्सी – खेलमा दुईपटक पछि परेको स्थिति उल्ट्याएर प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लामाथि पूनरागमन जित निकाल्दै म्यानचेस्टर युनाइटेड इएफएल कप (कारवाओ) कपको चौथो चरणमा प्रवेश गरेको छ ।
युनाइटेडले घरेलु मैदानमा भिल्लालाई ४–२ ले पराजित गरेको हो । युनाइटेडको जितमा एन्थोनी मार्सियाल, मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेस र स्कट म्याकटोमिनेले गोल गरे । भिल्लाका ओले वाट्किन्सले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलको ४८औं मिनेटमा ओले वाट्किन्सको गोलबाट युनाइटेड पछि परेको थियो । उनले ज्याकोव राम्सेको पासमा गोल गरेका थिए । ४९औं मिनेटमा एन्थोनी मार्सियालले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
६१औं मिनेटमा डिएगो डालोटले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा पुनः २–१ ले पछि पर्यो । ६७औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउँदै युनाइटेडलाई खेलमा फर्काए ।
७८औं मिनेटमा ब्रुनो फर्नान्डेसले एलेजान्द्रो गारनाचोको पासमा गोल गर्दै युनाइटेडलाई ३–२ को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई ४–२ को पूनरागमन जित दिलाए ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]