default_image

2 years ago

November 11, 2022

रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

179 views

0 Bookmark

एजेन्सी – भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले फिफा विश्वकप कतार २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले राष्ट्रिय टोलीबाट विश्वकै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेको हो ।

पोर्चुगलबाट ११७ अन्तर्राष्ट्रिय गोल गरिसकेका रोनाल्डोले यो सिजन म्यानचेस्टर युनाइटेडमा पहिलो रोजाईमा पर्न संघर्ष गरिरहेको छ । ३७ वर्षीय रोनाल्डोले यो सिजन युनाइटेडका लागि १० मा सुरुवातसहित १६ खेल खेल्दा ३ गोल गरेका छन् ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने, ‘बोलाएका सबै खेलाडीहरू जित्ने र पोर्चुगललाई विश्व च्याम्पियन बनाउने भोक लिएर आएका थिए, रोनाल्डो पनि थिए ।’ टोलीमा प्रिमियर लिगका १० खेलाडीले स्थान बनाएका छन् ।

रोनाल्डोका क्लबका सहयात्री ब्रुनो फर्नान्डेस र डियोगो डालोट, म्यानचेस्टर सिटीका जोआओ क्यान्सेलो, रुबेन डायस र बर्नार्डो सिल्भा, फुलहमका जोआओ पाल्हिन्हा र वल्भ्सका जोसे सा, रुबेन नेभेस र म्याथ्युस नुनेसले अन्तिम टोलीमा स्थान बनाएका छन् ।

अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर रेनाटो सान्चेसले टोली स्थान बनाउन सकेनन् । घाइते फरवार्ड डिएगो जोटा हुनेछैनन् । डिफेन्डर पेपेले अन्तिम टोलीमा स्थान बनाएका छन् ।

समूह एच मा रहेको पोर्चुगलले २४ नोभेम्बरमा घानासँग खेल्नेछ । २८ नोभेम्बरमा उरुग्वे र २ डिसेम्बरमा दक्षिण कोरियासँग खेल्नेछ ।

पोर्चुगल टोली

गोलरक्षक – डिओगो कोस्टा, रुई प्याट्रिसियो र जोसे सा

डिफेन्डर – जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा

मिडफिल्डर – विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा

फरवार्ड – जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.