default_image

2 years ago

November 10, 2022

बेलको कप्तानीको वेल्सको टोली घोषणा

175 views

0 Bookmark

एजेन्सी – प्रशिक्षक रोबर्ट पेजले फरवार्ड ग्यारेथ बेलको कप्तानीमा ६४ वर्षपछि विश्वकप खेल्ने वेल्सको टोली घोषणा गरेका छन् ।

मिडफिल्डर जो एलनलाई चोटको समस्या रहेपनि प्रशिक्षक पेजले आफ्नो अन्तिम टोलीमा समावेश गरेका छन् । रेज नोरिङटन डाभिस ह्यामस्ट्रिङ चोटका कारण बाहिरिएका छन् ।

उनको स्थानमा प्रशिक्षक पेजले झन्डै एक वर्ष टोली बाहिर रहेका टक लक्किएरलाई समावेश गरेको छ । फरवार्ड टायलर रोबर्ट्स पनि टोलीमा अटाएनन् ।

बेल र एलेनसँगै गोलकिपर वेन हेनेसी र ड्यानी वार्ड, डिफेन्डर बेन डेभिस र क्रिस गुन्टर र मिडफिल्डर राम्से र जोनी विलियम्स विगतका दुई युरोपियन च्याम्पियनसिपमा खेलेका तेस्रो ठूलो प्रतियोगितामा वेल्सको प्रतिनिधित्व गर्ने खेलाडी हुन् ।

ब्रेनन जोन्सन, मार्क ह्यारिस र सोर्बा थोमसले पहिलो विश्वकप खेल्दैछ । वेल्सले नोभेम्बर २१ मा अमेरिकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । समूह ‘बी’ मा इरान र इङ्ल्यान्ड पनि रहेका छन् ।

वेल्सको पूर्ण टोली

गोलकिपर – वेन हेनेसी (नोटिङहम फरेस्ट), ड्यानी वार्ड (लेस्टर सिटी), एडम डेभिस (स्टोक सिटी)

डिफेन्डर – नेको विलियम्स (नोटिङहम फरेस्ट), बेन डेभिस (टोटेनहम), बेन काबांगो (स्वान्सी), जो रोडोन (रेनेस), क्रिस मेफाम (बर्नमाउथ), इथान एम्पाडु (स्पेजिया), क्रिस गन्टर (एएफसी विम्बल्डन), कनर रोबर्ट्स (बर्नले), टम लक्कियर (लुटन टाउन)

मिडफिल्डर – आरोन राम्जी (नाइस), जो एलेन (स्वान्सी), ह्यारी विल्सन (फुलहम), जो मोरेल (पोर्ट्समाउथ), डिलन लेभिट (डुन्डे युनाइटेड), रुबेन कोलविल (कार्डिफ), जोनी विलियम्स (स्विन्डन टाउन), म्याथ्यू स्मिथ (मिल्टन केन्स डन्स), सोर्बा थोमस (हडर्सफिल्ड टाउन)

फरवार्ड – ग्यारेथ बेल (लस एन्जलस एफसी), ड्यान जेम्स (फुलहम), किफ मूर (बर्नमाउथ), मार्क ह्यारिस (कार्डिफ), ब्रेनन जोन्सन (नोटिङहम फरेस्ट)

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.