2 years ago
November 9, 2022
एजेन्सी – पछिल्लो संस्करणको उपविजेता क्रोएसियाले फिफा विश्वकप २०२२ कतारका लागि अन्तिम टोली घोषणा गरेको छ ।
अनुभवी मिडफिल्डर लुका मोड्रीचले चौथो पटक विश्वकप खेल्दा टोटेनहम हट्सपका इभान पेरिसिच र चेल्सीका माटियो कोभाचिच पनि टोलीमा रहेका छन् । इन्टर मिलानका मार्सेलो ब्रोजोभिच, होफेनहाइमका आन्द्रे क्रामारीच र एटलान्टाका मारिओ पसालीच पनि टोलीमा रहेका छन् । प्रशिक्षक ज्लात्को डालीचले आरबी लाइप्जिगका २० वर्षीय डिफेन्डर जोसको भार्डीओललाई पनि टोलीमा समेटेका छन् ।
क्रोएसिया विश्वकपको समूह एफमा रहेको छ । क्रोएसियाको समूहमा बेल्जियम, मोरोक्को र क्यानडा रहेका छन् । क्रोएसियाले पहिलो खेलमा मोरक्कोको सामना गर्नेछ ।
पूर्ण टोली :
गोलरक्षक : डोमिनिक लिभाकोभिच, इभिका इभुसिच, इवो ग्रिबिच
डिफेन्डर : डोमागोज भिडा, डेजान लोभ्रेन, बोरना बरिसिच, जोसिप जुरानोभिच, जोस्को भार्डीओल, बोरना सोसा, जोसिप स्टानीसिच, मार्टिन एर्लिच, जोसिप सुटालो
मिडफिल्डर : लुका मोड्रीच, मटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, मारियो पासालीच, निकोला भ्लासिच, लोभ्रो माहेर, क्रिस्टियन जाकिच, लुका सुचिच
फरवार्ड : इभान पेरिसिच, आन्द्रे क्रामारिच, ब्रुनो पेक्टोभिच, मिस्लाभ ओर्सिच, आन्टे बुडीमिर, मार्को लिभाजा
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]