default_image

2 years ago

November 9, 2022

विश्वकपअघि मानेलाई चोट

199 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन ११ दिन बाँकी रहँदा सेनेगलका सुपरस्टार फरवार्ड सडियो मानेले चोट बोकेका छन् ।

मंगलबार राति जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले वेर्डर ब्रेमेनमाथि ६–१ को सानदार जित निकालेको खेलमा माने घाइते भएका हुन् । मानेले चोट बोक्नु अघि खेल १–१ गोलको बराबरीमा रहेको थियो ।

खेलको २०औ मिनेटमा मानेलाई लिरोए सानेले प्रतिस्थापन गरेका थिए । यससँगै उनले विश्वकप गुमाउने सम्भावना बढेको छ । तर विस्तृत मेडिकल रिपोर्ट आइसकेको छैन ।

३० वर्षीय मानेले मैदान छाड्दै गर्दा दायाँ घुँडामा समस्या भएको संकेत देखिएको थियो । बायर्नका प्रशिक्षक जुलियन नागेल्सम्यानले मेडिकल रिपोर्टपछि मात्रै मानेको अवस्थाबारे थाहा हुने बताएका छन् ।

दुई पटकका अफ्रिकी फुटबलर अफ द इयर माने अफ्रिकी च्याम्पियन सेनेगलका लागि महत्वपूर्ण खेलाडी हुन् । उनले सेनेगलले खेलेको पछिल्लो सबै खेलमा पहिलो रोजाईमा खेलेका छन् ।

सेनेगललाई अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनाउन मानेले इजिप्टविरुद्ध टाइब्रेकरमा निर्णायक गोल गरेका थिए । मानेले सेनेगलका लागि ५९ खेलमा ३१ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

कतार विश्वकपको समूह ‘ए’ मा रहेको सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । त्यसपछि सेनेगलले २५ नोभेम्वरमा कतार र २९ नोभेम्वरमा इक्वेडरसँग खेल्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.