2 years ago
November 9, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेम फुटबलको नम्बर १ खेल हो ।
यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही सावित भएको थियो । यसपटक अर्जेन्टिना प्रतियोगिताको उपाधि दावेदार टोली मानिएको छ । फिफाले प्रतियोगिताको समूह विभाजन अनुसार नै गरेको सिमुलेसनबाट फाइनल अर्जेन्टिनाले जित्ने नतिजा निस्किएको हो ।
यसअघि सन् २०१० मा फिफाको सिमुलेसनमा स्पेनले विश्वकप जित्ने नतिजा आएको थियो । स्पेनले त्यसबेला नेदरल्यान्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसयता सन् २०१४ मा जर्मनी र सन् २०१८ मा फ्रान्सले नै विश्वकप जित्ने फिफाको अनुमान थियो ।
यसपटक सिमुलेसनमा अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई १-० ले हराएको देखिन्छ । अर्जेन्टिनाले सेमिफाइनलमा फ्रान्सलाई र ब्राजिलले पोर्चुगललाई हराएको छ । जर्मनी क्वाटरफाइनलमा ब्राजिलसँग पराजित भएको छ ।
फिफाको सिमुलेसन अनुसार अर्जेन्टिनाकै कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्नेछन् । सिमुलेसन गरिएको प्रतियोगितामा मेस्सीले ७ खेलमा ८ गोल गरेको देखिएको छ । यस्तै सिमुलेसन अनुसार टिम अफ द टुर्नामेन्टमा अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, मार्कस अकुना, लिआन्द्रो पारेडेस र रोड्रीगो डे पल छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]