default_image

2 years ago

November 8, 2022

‘कतारलाई विश्वकप दिनु गल्ती थियो’ – ब्लाटर

168 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले विश्वकप आयोजनाको जिम्मेवारी कतारलाई दिनु गल्ती भएको बताएका छन् ।

f

सन् २०१० मा ब्लाटर अध्यक्ष हुँदा नै फिफाले कतारलाई फिफा विश्वकप २०२२ आयोजनाको जिम्मा दिएको थियो । कतारले आयोजना जिम्मेवारी पाएयता आयोजनाका लागि फुटबल संरचना निर्माणदेखि विभिन्न कार्य गर्दै आएको छ । तर यसक्रममा कतारको नाम मानव अधिकार उल्लङ्घन तथा श्रमिक शोषणमा जोडिएको छ ।

फिफामा १७ वर्ष अध्यक्षको पदमा रहेका ब्लाटरको नाम फिफा विश्वकप आयोजना कतारलाई दिने विषयलाई लिएर भ्रष्टाचारमा जोडिएको थियो । उनलाई फिफा चुनावमा मत खरिद गर्न र अन्य आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

‘कतार एकदम सानो देश हो । फुटबल र विश्वकप कतारका लागि निकै ठूलो हुन्छ,’ ब्लाटरले स्विस पत्रिका तागेस अन्जेगरलाई भने, ‘ कतारलाई दिनु गल्ती थियो । हाम्रो नराम्रो रोजाई थियो ।’

ब्लाटरले सन् २०१२ मा फिफाले आयोजक छनोटको प्रक्रियामा परिवर्तन गरेको पनि बताए । उनले पछिल्लो समय भने सामाजिक र मानव अधिकारको अवस्था पनि हेरिने बताए ।

ब्लाटरले आफू विश्वकपको समयमा घरमा नै बसेर हेर्ने बताएका छन् । विश्वकप मंसिर ४ गतेदेखि सुरु हुँदैछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.