default_image

2 years ago

November 7, 2022

विश्वकपका लागि ब्राजिलको टोली घोषणा

308 views

0 Bookmark

एजेन्सी – पाँच पटकको च्याम्पियन र यस संस्करणको उपाधि दावेदार ब्राजिलले फिफा विश्वकप २०२२ कतारका लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।

ब्राजिलका प्रशिक्षक टिटेले विश्वकप सुरु हुन झन्डै २ साता बाँकी रहँदा अन्तिम टोली सार्वजनिक गरेका हुन् । आक्रमणमा निकै बलियो देखिएको टोलीमा अनुभवी र युवा खेलाडीको सम्मिश्रण रहेको छ । पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको ब्राजिल २० वर्षपछि उपाधि जित्ने सुरमा हुनेछ ।

ब्राजिलले गोलरक्षकमा एडरसन मोराएस, एलिसन बेकर र वेभर्टनलाई टोलीमा समेटेको छ । डिफेन्समा अनुभवी थियागो सिल्भा र ड्यानी आल्भेससँगै मार्किन्हस, ड्यानीलो, एडर मिलिसाओ, एलेक्स टेलेस, एलेक्स सान्ड्रो र ब्रेमर टोलीमा छन् ।

मिडफिल्डमा क्यासेमिरो र फाबिन्होसँगै लुकास पाक्वेटा, फ्रेड, ब्रुनो गुइमराएस र एभर्टन रिबिएरो रहेका छन् । आक्रमणमा ब्राजिलसँग धेरै विकल्प रहेको छ । नेयमार, रिचारलीसन, भिनीसियस जुनिअर, एन्टोनि, राफिन्हा, रोड्रीगो, पेड्रो, ग्याब्रिएल जेसस र ग्याब्रिएल मार्टिनेली टोलीमा परेका छन् । लिभरपुलका रोबर्टो फिर्मिनोले भने टोलीमा स्थान बनाउन सकेनन् ।

फिफा विश्वकप २०२२ मा ब्राजिल समूह जी मा रहेको छ । ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन् । ब्राजिलले पहिलो खेल मङ्सिर ८ गते मध्यराती १२:४५ बजे सर्बियाविरुद्ध खेल्नेछ ।

नेपाली समयअनुसार विश्वकप खेल तालिका यहाँ पाउनुहोस्

पूर्ण टोली :

गोलरक्षक : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेंगो)

डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्हस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिसाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)

फरवार्ड : नेयमार (पिएसजी), रिचारलीसन (टोटेनहम हट्सपर), भिनीसियस जुनिअर (रियल म्याड्रिड), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रोड्रीगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), ग्याब्रिएल जेसस र ग्याब्रिएल मार्टिनेली (दुवै आर्सनल)

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.