2 years ago
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुसको अन्तिम साताबाट सुरु गर्ने घोषणा गरेको सहिद स्मारक ए डिभिजन लिगको तयारी सुरु गरेको छ । त्यहि क्रममा एन्फाले सोमबार ए डिभिजन लिगका सहभागी क्लबसँगको छलफलका क्रममा तयारी खर्च वापत गत वर्षको भन्दा १० लाख रुपैयाँ बढाउने सहमति गरेको छ ।
अब लिग तयारीमा ए डिभिजन क्लब प्रत्येकले ३२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष सहभागी हरेक क्लबले २२ लाख ५० हजार रुपैयाँ तयारी वापत पाएका थिए । ‘यस पटक १० लाख रुपैयाँ बढी तयारी खर्च दिने निर्णय भएको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले भने,‘ लिग पूर्व निर्धारित पुस २६ गतेबाट नै सुरु हुनेछ ।’ एन्फाले यसअघि नै डबल लिगका आधारमा ए डिभिजन लिग सञ्चालनको निर्णय गरेको थियो ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकमा एन्फा पदाधिकारी, सदस्य तथा सहभागी हरेक क्लबका ३ प्रतिनिधिको उपस्थिति थियो । यस पटक पनि लिगको विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
हरेक खेलको म्याच मनि ५० हजार राखिएको छ भने लिगको सर्वाधिक गोलकर्ता, उत्कष्ट गोलकिपरले समान २ लाख रुपैयाँ पाउनेछन् । इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीले ३ लाख रुपैयाँ पाउने एन्फा प्रवक्ता शाहले जनाए । हरेक खेलको म्यान अफ दी म्याचले यसअघि जस्तै १० हजार रुपैयाँ पाउनेछन् ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]