default_image

2 years ago

November 7, 2022

रियल म्याड्रिड र लिभरपुल अन्तिम १६ मै भिड्ने

114 views

0 Bookmark

एजेन्सी – गत सिजन च्याम्पियन्स लिगको फाइनलमा भिडेका रियल म्याड्रिड र लिभरपुल यस पटक राउन्ड अफ १६ चरणमा भिड्ने भएका छन् । उपाधि दावेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि आमने सामने हुने भएका छन् ।

स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा हुने ड्र मा भएको ड्र अनुसार गत सिजन फाइनलमा भिडेका लिभरपुल र रियल म्याड्रिड अन्तिम १६ मा खेल्ने भएका हुन् । म्यानचेस्टर सिटीले जर्मनीको आरबी लाइप्जिग सँग खेल्नेछ । चेल्सीले बोरुसिया डर्टमुन्डको सामना गर्दैछ । बेन्फिकाले क्लब ब्रुजासँग खेल्नेछ ।

टोटेनहमले एसी मिलान तथा इन्टर मिलानले एफसी पोर्टोको सामना गर्नेछ । पिएसजीले बायर्न म्युनिखसँग खेल्दा नेपोली र आइन्ट्राक्ट फ्रान्कफर्ट आमने सामने हुनेछन् ।

खेलहरु :

म्यानचेस्टर सिटी विरुद्ध आरबी लाइप्जिग

बेन्फिका विरुद्ध क्लब ब्रुजा

रियल म्याड्रिड विरुद्ध लिभरपुल

टोटेनहम हट्सपर विरुद्ध एसी मिलान

नेपोली विरुद्ध आइनट्राक्ट फ्रान्कफर्ट

चेल्सी विरुद्ध बोरुसिया डर्टमुन्ड

एफसी पोर्टो विरुद्ध इन्टर मिलान

बायर्न म्युनिख विरुद्ध पेरिस सेन्ट जर्मेन

राउन्ड अफ १६ का खेलहरु फेब्रुअरी तेस्रो साताबाट सुरु हुनेछ । पहिलो लेग फेब्रुअरी १४, १५, २१ र २२ तारिखमा हुनेछ । दोस्रो लेग मार्च ७, ८, १४ र १५ तारिखमा खेलिनेछ । च्याम्पियन्स लिगमा अवे गोलको नियम हटेकाले दोस्रो लेग समाप्तिमा स्कोर बराबरी हुँदा अतिरिक्त समय र पेनाल्टीमा खेल पुग्नेछ ।

यसपटक च्याम्पियन्स लिगको फाइनल खेल टर्कीमा हुनेछ । इस्तानबुलमा हुने फाइनल खेल १० जुन २०२३ मा खेलिनेछ ।

June 28, 2024

उरुग्वे र पानामाको जित

एजेन्सी – कोपा अमेरिका २०२४ अन्तर्गत शुक्रबार बिहान सम्पन्न समूह सि अन्तर्गतका खेलमा उरुग्वे र पानामा विजयी भएका छन् । उरुग्वेले बोलिभिया र पानामाले अमेरिका माथि जित हात पारेका हुन् । न्यू जर्सीमा भएको खेलमा उरुग्वेले बोलिभियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । यसपटक मार्सेलो बिएल्साको प्रशिक्षणमा रहेको उरुग्वे दावेदारको रुपमा उभिएको छ […]

June 27, 2024

युरोको नकआउट समीकरण पूरा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो । सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेकिया समूह चरणबाट अघि बढ्न सकेनन् […]

June 27, 2024

पोर्चुगल जर्जियासँग पराजित

एजेन्सी – युरो २०२४ को समूह एफ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । जर्जियासँग २-० को हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा जर्जियाले दुवै हाफमा १-१ गोल गरेको थियो । पोर्चुगलले आफ्नो दोस्रो रोजाइको टोलीलाई अवसर दिएको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो […]

Success

Thank you for your time.