2 years ago
November 7, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुन अब केहि दिन मात्र बाँकी छ । सहभागी टोलीहरु आ-आफ्ना खेलाडी क्लब फुटबलबाट फर्कने प्रतिक्षामा छन् । कतिपय देशले उपलब्ध खेलाडीबाट तयारी सुरु गरिसकेका छन् । यस्तैमा फिफा विश्वकपमा सहभागी हुने रेफ्रीले भने फरक अनुभव बटुलेका छन् ।
अर्जेन्टिनी रेफ्री फाकुन्डो टेलोले अर्जेन्टिनाको च्याम्पियन्स ट्रफीको फाइनलमा १० रेड कार्ड देखाएका छन् । रेसिङ क्लब र बोका जुनिअर्सबीच भएको फाइनल खेलको अन्तिम समयमा दुई टोलीका खेलाडी एक आपसमा जुध्दा रेफ्रीले १० खेलाडीलाई रातो कार्ड देखाए ।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।अतिरिक्त समयको २ मिनेट बाँकी हुँदा रेसिङका कार्लोस अल्काराजले हेडरमार्फत गोल गर्दै खुसी मनाए । गोलको खुसी मनाउने क्रममा उनले बोकाका समर्थकअघि गएर खुसी मनाएपछि बेन्चमा रहेका बोकाका खेलाडी रुष्ट बनेका थिए ।
रेफ्रीले नियमित ९० मिनेटको इन्ज्युरी समयमा नै बोकाका भिल्ला कानो र रेसिङका जोहान कार्बोनेरोलाई रातो कार्ड देखाएका थिए । त्यसपछि अतिरिक्त समयको पहिलो हाफमा बोकाका एलन भरेला दोहोरो पहेंलो कार्ड पाउँदै बाहिरीए । अल्काराजले गोल गर्दा बोकाका ९ र रेसिङका १० खेलाडी मैदानमा थिए ।
तर गोल गरेपछि खुसियाली मनाउने क्रममा विपक्षी समर्थकसामु पुगेर अवस्था खराब पारेपछि रेफ्रीले अल्काराजलाई रातो कार्ड दिए । त्यसै घटनामा रेफ्रीले बोकाका लुइस अदभिनकुलासँगै बेन्चमा रहेका कार्लोस जाम्बरानो र डिएगो गोन्जालेजलाई पनि रातो कार्ड देखाए ।
रेसिङको बेन्चमा रहेका गाल्भानले पनि रातो कार्ड पाए । खेल सुचारु भएसँगै रेफ्रीले फरक फरक घटनामा फ्रान्क फाब्रा र डारियो बेन्डेटोलाई पनि रातो कार्ड देखाएका थिए । रेफ्रीले बोकाका ७ र रेसिङका ३ खेलाडीलाई रातो कार्ड देखाएका थिए ।
रातो कार्डको भिडियो :
Quiet night for the referee in the Boca Juniors vs Racing game last night.
— Classic Football Shirts (@classicshirts) November 7, 2022
Jus the 10 red cards handed out…pic.twitter.com/x9cLwiyS7O
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]