default_image

2 years ago

November 6, 2022

आर्सनलले चेल्सीलाई हरायो

194 views

0 Bookmark

एजेन्सी – लन्डन डर्वीमा आर्सनलले इंग्लिस प्रिमियर लिगको खेलमा चेल्सीलाई पराजित गरेको छ । आर्सनलले घरेलु टोली चेल्सीलाई १–० ले पराजित गरेको हो ।

स्टाम फोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा आर्सनलको जितमा दोस्रो हाफमा गाब्रियलले गरेको गोल नै निर्णायक बन्यो । उनले ६३औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए ।

निकै नै प्रतिस्पधौत्मक र रोमाञ्चक बनेको खेलमा महतवपूर्ण जित निकाल्दै आर्सनल अंक तालिकाको शीर्षस्थानमा उक्लन सफल भएको छ ।

यो सिजन उच्च प्रदर्शन गरिरहेको आर्सनलले शीर्ष स्थानमा म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । आर्सनलको १३ खेलबाट ३४ अंक पुगेको छ । सिटीको ३२ अंक छ । पराजित चेल्सी २१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]

January 13, 2025

नेपालले किर्गिजस्तानसँग खेल्दै फोर नेसन्सको सुरुवात गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]

Success

Thank you for your time.