default_image

2 years ago

November 6, 2022

बेल चम्कँदा लस एन्जलस च्याम्पियन

132 views

0 Bookmark

एजेन्सी – परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका वेल्सका कप्तान ग्यारेथ बेल नायक बन्दा लस एन्जलस (एलए) एफसीले अमेरिकी मेजर लिग सकर (एमएलएस) कपको उपाधि जितेको छ ।

फिलाडेल्फिया युनियनलाई प्ले अफको टाइब्रेकरमा ३–० ले पराजित गर्दै १० खेलाढीमा समेटिएको लस एन्जलसले उपाधि जितेको हो । लस एन्जलसको यो पहिलो उपाधि हो ।

निर्धारित समयमा २–२ को तथा त्यसपछि अतिरिक्त समय ३–३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा लस एन्जलसका सान्चेज, रायन र डेनिसले गोल गरे । क्रिस्टियनले गोल गर्न सकेनन् । युनियनका काइ वाग्नेर, जोसे मार्टिनेज र डानिल चुके ।

त्यसअघि लस एन्जलसमा आइतबार बिहान भएको खेलको नियमित र थप गरिएको अतिरिक्त समयमा घरेलु टोलीका केलयन एकोस्टा, जेसस मुरिल्लो र ग्यारेथ बेलले गोल गर्दा युनियनका ज्याक इलिओटले दुई तथा डानियल गजदागले एक गोल गरे ।

खेलको २८औं मिनेटमा केलयनको गोलबाट लस एन्जलसले अग्रता लिएको थियो । ५९औं मिनेटमा डानियल गजदागले बराबरी गोल फर्काए । ८३औं मिनेटमा जेसस मुरिल्लोले गोल गर्दै लस एन्जलसलाई २–१ को अग्रता दिलाए । ८५औं मिनेटमा ज्याक इलिओटले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याए ।

११६औं मिनेटमा म्याक्सिमी क्रेपेउ सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा लस एन्जलस समस्यामा प¥यो । अतिरिक्त समयको थप गरिएको चौथो मिनेटमा ज्याक इलिओटले गोल गर्दै युनियनलाई ३–२ ले अघि बढाए । त्यसपछि आठौं मिेटमा परिवर्तित खेलाडी बेलले गोल गर्दै खेललाई टाइब्रेकरमा लम्ब्याए । बेल ९७औं मिनेटमा कार्लाेस भेलाको स्थानमा मैदान छिरेका थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.