2 years ago
November 6, 2022
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको मिलानले स्पेजियालाई २–१ ले पराजित गरेको हो ।
मिलानोमा शनिबार राति भएको खेलमा मिलानको जितमा थियो हर्नान्डेज र ओलिभर जिरुउडले गोल गरे । स्पेजियाका ड्यानियल माल्दिनीले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको २१औं मिनेटमा थियो हर्नान्डेजको गोलबाट मिलानले सुरुवाती अग्रता लिन सफल भयो । उनले इस्माइल बेनासेरको पासमा गोल गर्न सफल भएका थिए । ५९औं मिनेटमा ड्यानियल माल्दिनीले एर्काडिअस्ज रेकाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
६५औं मिनेटमा सान्द्रो टोनाली गोल गरेपछि भिएआरबाट मान्यता नपाँउदा मिलानले अग्रता लिन सकेन । ८९औं मिनेटमा ओलिभर जिरुउडले सान्द्रो टोनालीले गोल गर्दै मिलानलाई २–१ को जित सुनिश्चित गरे । गोल गरेको एक मिनेटपछि नै जिरुउड दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा मिलान १० खेलाडीमा समेटिन पुग्यो ।
यस जितसँगै मिलान १३ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित स्पेजिया ९ अंक जोडेर १७औं स्थानमा छ ।
यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा नेपोलीले एटलान्टालाई २–१ ले तथा इम्पोलीले ससुलोलाई १–० ले पराजित गरेको छ । उडिनेस र लिसले १–१ गोलको बराबरी खेल्दा सालेरनिटना र क्रेमोन्सेले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]