default_image

2 years ago

November 3, 2022

एन्फाले विश्वकपको टिकट आन्तरिक विक्री गर्ने

274 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना सुरु हुने फिफा विश्वकप २०२२ कतारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका जिल्ला संघ, क्लब लगायत विभिन्न सहयोगी संस्था र व्यक्तिहरुलाई आन्तरिक रुपमा मात्र टिकट विक्री गर्ने भएको छ ।

फिफाले एन्फालाई पछिल्ला संस्करणजस्तै यसपटक पनि २ सय ९० टिकट प्रदान गरेको छ । तर यसपटक भने एन्फाले आफू मातहत आएको टिकट खुला विक्रीमा नराख्ने भएको छ । एन्फाले उक्त टिकट खरिद गर्नका लागि भुक्तानी प्रक्रिया चालिसकेको छ ।

टिकट विक्री संयोजन गरिरहेका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काका अनुसार आएको टिकटमध्य एन्फाले विगतझैं एसियाली फुटबल महासंघ (एएफसी) लाई ६५ टिकट दिनेछ । त्यसपछि आफू मातहतका ३ डिभीजनका ४२ क्लब, ४८ जिल्ला फुटबल संघ, ४ फुटबल संघ (रेफ्री, खेलाडी, प्रशिक्षक र महिला), राष्ट्रिय लिगका लागि छनोट ४ क्लब र ७ प्रदेश फुटबल संघलाई १-१ टिकट विक्री गर्नेछ ।

यसबाहेक अन्य टिकट फुटबलमा प्रायोजन गर्दै आएका र फुटबलमा योगदान दिएका व्यक्ति तथा संस्थालाई विक्री गरिने बुझिएको छ । एन्फा केन्द्रिय कार्यसमितिका सदस्यलाई पनि टिकट विक्रीका लागि प्राथमिकतामा राखिएको छ ।

एन्फा महासचिव किरण राईका अनुसार एन्फाले सिमित टिकट आएकाले सार्वजनिक रुपमा विक्री गर्न नसकेको बताए । ‘हामीले फुटबलमा नै काम गरिरहने संघ, क्लब लगायत संस्था र व्यक्तिलाई प्राथमिकतामा राखेका छौं । कसरी अघि बढ्ने भन्ने छलफलमा छौं । सार्वजनिक विक्री गर्न सक्ने अवस्था छैन । फिफामा टिकटको रकम भुक्तानी हुन बाँकी छ । कुन टिकट र कति रकम भन्ने चाडैं थाहा हुन्छ,’ राईले भने ।

एन्फाले उद्घाटन समारोह र समूहचरणका खेलदेखि सेमिफाइनलसम्मका खेलको टिकट विक्रीका लागि फरक फरक मूल्य राखेको छ । विभिन्न खेलको टिकट मूल्य ३० हजारदेखि १ लाख ३१ हजारसम्म रहेको छ ।

फिफाले केही महिना अघिदेखि नै विश्वभरका खेलप्रेमीका लागि टिकट विक्री प्रक्रिया जारी राखेको छ । सुरुवातमा खुला आवेदनमार्फत टिकट विक्री गरिएकोमा पछिल्लो समय भने फिफाले आवेदन परेर पनि विक्री नभएका टिकट पुन: विक्री गर्दै आएको छ । फिफाले विश्वकप सुरु हुँदासम्म अनलाइन र स्थलगत रुपमा नै उपलब्ध टिकट विक्री गर्ने गरेको छ ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.