default_image

2 years ago

November 3, 2022

पिएसजीलाई अन्तिम १६ मा कठिन प्रतिद्वन्द्वी

166 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह एच बाट उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो । समूह चरणमा अपराजित रहेपनि बेन्फिकासँग अंक बराबरी भएपछि पिएसजी दोस्रो स्थानमा रहेको हो ।

समूह चरणको अन्तिम खेलमा पिएसजीले युभेन्टसलाई २-१ र बेन्फिकाले मक्काबी हाइफालाई ६-१ ले पराजित गर्यो । पिएसजी र बेन्फिका दुवैले अवे मैदानमा जित हासिल गरेका थिए । बेन्फिकाले फराकिलो जित हासिल गर्दा इन्ज्युरी समयमा गोल गरेको थियो । त्यहि गोल नै बेन्फिकालाई शीर्ष स्थानमा पुर्याउन निर्णायक सावित भयो ।

पिएसजी र बेन्फिका दुवैले समूह चरणको ६ खेलमा ४ जित र २ बराबरीको नतिजा निकाले । दुवैको १४-१४ अंक भएपछि प्रतियोगिताको नियम अनुसार हेड टु हेडको नतिजा हेरिने थियो । तर एक आपसमा भएको दुवै खेल १-१ को बराबरीमा सकिएपछि हेड टु हेडबाट निर्णय हुन सकेन ।

त्यसपछि निर्णय हुने गोल अन्तरमा पनि दुवै टोलीको ९ गोल नै रहयो । गोल अन्तरसँगै गोल गरेको र गोल खाएको पनि समान हुन पुगेको थियो । दुवै टोलीले १६ गोल गर्दै ९ गोल खाएका थिए । त्यसपछि निर्णय हुने अवे गोलमा भने बेन्फिकाले बाजी मार्यो । बेन्फिकाले ९ गोल गर्दा पिएसजीले ६ अवे गोल गरेको थियो । बेन्फिकाले इन्ज्युरी समयमा पेनाल्टी गोल गर्दा गोलअन्तर बराबरी हुन पुगेको थियो, यदि त्यो गोल नभएको भए पिएसजी शीर्षस्थानमा रहने थियो ।

पिएसजी समूहको उपविजेता बनेसँगै अब अन्तिम १६ मा अन्य समूहको शीर्ष टोलीको सामना गर्नुपर्ने छ । यस सुचिमा साविक विजेता रियल म्याड्रिड, जर्मन च्याम्पियन बायर्न म्युनिख, इंग्लिस टोली चेल्सी, म्यानचेस्टर सिटी र टोटेनहम छन् । इटालीको नेपोली र पोर्चुगिज क्लब पोर्टो पनि समूह विजेता बन्दै अघि बढेका छन् ।

यता बेन्फिकाले भने तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीको सामना गर्नेछ । बेन्फिकाले जर्मनीको डर्टमुन्ड, लाइप्जिग र फ्रान्कफर्ट, इटालीको इन्टर मिलान र एसी मिलान, बेल्जियमको क्लब ब्रुग र इंग्ल्यान्डको लिभरपुलमध्य एक टोलीको सामना गर्नेछ ।

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

June 30, 2024

इङ्ल्यान्डको र स्पेनको प्रिक्वाटरफाइनल खेल आज

एजेन्सी – उपाधि दावेदारको रूपमा रहेको इङ्ल्यान्ड आज युरो कप २०२४ को राउण्ड अफ १६ अन्तर्गत आफ्नो खेल खेल्दैछ । इङ्ल्यान्डले आज नेपाली समय अनुसार राती ९:४५ बजे स्लोभाकिया विरुद्ध आफ्नो अन्तिम १६ को खेल खेल्नेछ । खेल गेल्सेनकर्चेन स्थित एरिना आउफशाल्केमा हुनेछ । इङ्ल्यान्ड समूह सि को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको […]

June 30, 2024

अर्जेन्टिना शत प्रतिशत जितसहित समूह विजेता

एजेन्सी – कोपा अमेरिका २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा पेरुलाई हराउँदै साविक विजेता अर्जेन्टिना शत प्रतिशत नतिजासहित समुह विजेता बनेको छ । अर्जेन्टिनाले हार्ड रक रंगशालामा पेरुमाथि २-० को जित निकाल्यो । अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले दोस्रो हाफमा गरेका थिए । कप्तान लिओनेल मेस्सी पूरै समय बेन्चमा बसेको खेलमा अर्जेन्टिनाले खेलमा […]

Success

Thank you for your time.