2 years ago
November 2, 2022
एजेन्सी – इटालियन प्रतिद्धन्द्धी इन्टर मिलानमाथि सहज जित निकाल्दै जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ ।
समूह चरणको अन्तिम खेलमा बायर्नले घरेलु मैदानमा इन्टर मिलानलाई २–० ले पराजित गर्दै शतप्रतिशत सबै ६ खेलमा जित निकाल्न सफल भयो ।
म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा बेन्जामिन पाभार्ड र इरिक म्याक्सिम चुपो मोटिङले गोल गरे ।
खेलको ३२औं मिनेटमा पाभार्डले योसुवा किम्मिखको पासमा गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । ७२औं मिनेटमा चुपो मोटिङले अलफन्सो डाभिसको पासमा गोल गर्दै बायर्नको २–० को जित सुनिश्चित गरे ।
समूह ‘डी’ मा सबै ६ खेलमा जित निकालेको बायर्नले १८ गोल गर्दा २ गोल मात्रै बेहोर्यो । बायर्नले बार्सिलोनालाई दुई खेलमा २–० र ३–०, इन्टरलाई दुई खेलमै समान २–० र भिक्टोरिया प्लेजेनलाई ५–० र ४–२ ले पराजित ग¥यो ।
यस जितसँगै बायर्नले समूहमा ६ खेलबाट १८ अंक जोड्यो । पराजित इन्टरले ६ खेलबाट १० अंक जोड्यो । बार्सिलोनाले ७ तथा भिक्टोरियाले अंकको खाता खोल्नै सकेन ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]