2 years ago
November 1, 2022
काठमाडौं (हाम्रो खेलकुद)– डेढ महिनाको अन्तरमा हुन लागेको राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
पाकिस्तानविरुद्ध कात्तिक ३० गते हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन टोली मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई मंगलबार मुख्य प्रशिक्षक नियुक्त गरेको छ । कटुवालको नेतृत्वमा मछिन्द्रले लगातार दुई पटक ए डिभिजन लिगको उपाधि जितेको थियो ।
यसअघि बंगलादेशविरुद्ध गत असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा प्रदीप हुमागाई राष्ट्रिय टोलीको कार्यवहाक मुख्य प्रशिक्षक थिए । हुमागाईलाई कार्यवहाक प्रशिक्षक नियुक्त गरेमा एन्फाले आलोचना पनि खप्नु परेको थियो । यद्दपी नेपालले बंगलादेशलाई ३–० ले हराएको थियो । जसमा अन्जन विष्टले ह्याट्रिक गरेका थिए ।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि महिना दिन भन्दा लामो समय अभ्यास गरेको नेपाली टोलीले पाकिस्तानविरुद्धको खेलका लागि तयारी गरेको छैन । एन्फाले मंगलबार नै नेपाल र पाकिस्तानको राष्ट्रिय टोलीबीच कात्तिक ३० गते मैत्रीपूर्ण खेल हुने तय भएको जनाएको छ । पाकिस्तानको पुरुष फुटबल टोली आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो ।
यसअघि महिला टोलीले भने काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा भाग लिइरहेको छ । फिफाको प्रतिबन्ध हटेपछि पाकिस्तान फुटबलमा फर्केको हो । पाकिस्तान फुटबल संघ (पिएफएफ) ले दुई मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरेपनि एन्फाले मंसिर ४ को निर्वाचनका कारण एक खेल मात्र खेल्न सम्भव भएको जवाफ पठाएको थियो । एक मात्र खेलका लागि पाकिस्तान तयार भएपछि नेपालसँगको मैत्रीपूर्ण खेल तय भएको हो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]