2 years ago
November 1, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय टोलीबीच कात्तिक ३० गते मैत्रीपूर्ण खेल हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार जनाएको छ । पाकिस्तानको पुरुष फुटबल टोली आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो ।
यसअघि महिला टोलीले भने काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा भाग लिइरहेको छ । फिफाको प्रतिबन्ध हटेपछि पाकिस्तान फुटबलमा फर्केको हो । पाकिस्तान फुटबल संघ (पिएफएफ) ले दुई मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरेपनि एन्फाले मंसिर ४ को निर्वाचनका कारण एक खेल मात्र खेल्न सम्भव भएको जवाफ पठाएको थियो । एक मात्र खेलका लागि पाकिस्तान तयार भएपछि नेपालसँगको मैत्रीपूर्ण खेल तय भएको हो ।
असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको नेपाली टोलीले त्यसयता अभ्यास गरेको छैन । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले प्रदीप हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]