default_image

2 years ago

November 1, 2022

पिके स्पेनको टोलीमा

182 views

0 Bookmark

एजेन्सी – चार वर्ष अघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका भेट्रान डिफेन्डर जेरार्ड पिके यसै महिना कतारमा हुने फिफा विश्वकप २०२२ को लागि स्पेनको प्रारम्भिक टोलीमा समावेश भएका छन् ।

स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा क्याटलान क्लब बार्सिलोनामा चौथो रोजाईमा रहेका उनी पनि समावेश भएका हुन् । ३५ वर्षीय डिफेन्डर पिकेले सन् २०१८ पछि स्पेनका लागि खेलेका छैनन् ।

त्यसयता उनले बार्सिलोनामा पनि कमै मात्रामा खेल्ने अवसर पाएका छन् । तर, प्रशिक्षक एनरिकले उनलाई आश्चर्यचकित रुपमा टोलीमा समावेश गरेको छ ।

पिके पक्कै पनि सुचीमा समावेश आश्चार्य मध्ये एक हो । तर, उनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको ४ वर्षभन्दा बढी समयपछि स्पेनको टोलीमा फर्कने संकेत दिएका थिए । उसले लुइस एनरिकको राडारमा रहन र विश्वकपमा स्थान बनाउन पर्याप्त प्रयास गरिरहेको छ ।

पिकेले यो सिजन बार्सिलोनामा केवल ८ खेल मात्रै खेलेका छन् । उनी बार्सिलोनाको उप कप्तान रहेपनि टोलीमा स्थान बनाउन उनले एरिक गार्सियासँगै जुल्स कुन्डे, एन्ड्रियास क्रिस्टेन्सेन, रोनाल्ड एराउजो र मार्काेस अलन्सोसँग संघर्ष गरिरहेका छन् । सन् २००९ देखि २०१८ सम्ममा पिकेले स्पेनका लागि १०२ क्याप जित्दा ५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

प्रशिक्षक एनरिकले अर्का भेट्रान डिफेन्डर सर्जियो रामोसलाई पनि टोलीमा समावेश गरेको छ । यो सिजन उच्च फर्ममा रहेका रामोसको पनि पूनरागमनको सम्भावना रहेको छ । रामोसले २०२१ को मार्चयता स्पेनका लागि खेलेका छैनन् ।

जेरार्ड र रामोस दुवैले अन्तिम सुचीमा स्थान बनाउन एमेरिक लापोर्टा, इनिगो मार्टिनेज, पाउ टोरेस, सिसर एज्पिलिक्वेटा र एरिक गार्सियाको चुनौती पन्छाउनु पर्ने हुन्छ । डिएगो लोरेन्ट, ह्युगो गुइलामोन, नाँचो फर्नान्डेस, डेभिड गार्सिया र यरे अल्भारेज पनि रामोस र पिकेलाई चुनौती हुन सक्छ ।

५५ जनाको सुचीबाट प्रशिक्षक एनरिकेले छिट्टै नै बढीमा २६ खेलाडी छनोट गर्नुपर्नेछ । स्पेनले नोभेम्वर २३ मा कोस्टा रिकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

February 5, 2025

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल

हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]

February 5, 2025

पूर्व विजेता एपिएफ पनि आहा राराबाट बाहिरियो

पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

Success

Thank you for your time.