2 years ago
November 1, 2022
एजेन्सी – फ्रान्सेली मिडफिल्डर पउल पोग्वाले फिफा विश्वकप कतार २०२२ गुमाउने भएका छन् । घुँडाको समस्याका कारण उनले अब तीन सातापछि शुरु हुने विश्वकप गुमाउने भएका हुन् ।
सेप्टेम्बरको सुरुमा दाहिने घुँडाको शल्यक्रियापछि पोग्बा यसै महिना इटालियन क्लब युभेन्टससँगको प्रशिक्षणमा फर्किएका थिए । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट युभेन्टस फर्किएपछि उनले खेलेका छैनन् र फेरि घाइते भएका छन् ।
टुरिन र पिट्सवर्गमा भएको परीक्षणले २९ वर्षीय पोग्बा विश्वकपका लागि फिट नहुने पुष्टि गरेको छ । युभेन्टसका प्रवक्ताले सोमबार एसोसिएटेड प्रेसलाई भने, ‘हामीले उनलाई २०२३ सम्म भेट्ने छैनौं र उनको टोलीले पनि उनी विश्वकपबाट बाहिरिने पुष्टि गरेका छन् ।’
उनका एजेन्ट राफेला पिमेन्टाले पनि मेडिकल परिक्षणपछि, पउल पोग्बालाई शल्यक्रिया पछि थप विश्रामको आवश्यकता रहेको बताएका छन् । ‘यो उनको लागि अत्यन्तै पीडादायी समय हो । पउल कतारमा फ्रान्सको टोलीको हिस्सा हुन सक्दैनन् ।
पोग्बाले जुलाईमा युभेन्टसको प्रि सिजन भ्रमणको क्रममा आफ्नो मेनिस्कस च्यातिएपछि शल्यक्रिया गराएका थिए । उनी दुई साताअघि म्यानचेस्टर युनाइटेडबाट इटालियन क्लबमा पुनः सामेल भएका थिए । पोग्बा अन्तिम पटक अप्रिलमा आधिकारिक खेल खेलेका थिए ।
डिफेन्डिङ च्याम्पियन फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यो समूह ‘डी’ मा डेनमार्क र ट्युनिसिया पनि छ । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले यसैसातामा आफ्नो टोली घोषणा गर्ने योजना बनाएको छ ।
२०१८ को विश्व विजेता फ्रान्स आफ्नो दुई मिडफिल्डर बिना नै कतारमा हुनेछ । चेल्सीका एन’गोलो कान्टे ह्यामस्ट्रिङ चोटको शल्यक्रियापछि बाहिर छन् ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]