default_image

2 years ago

October 31, 2022

यू१५ महिला साफका लागि नेपाल तयार

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा भोलि (मंगलबार) देखि शुरु हुने साफ यू–१५ महिला च्याम्पियनसिपको लागि नेपाल पूर्ण रुपमा तयार रहेको छ ।

ढाकामा सोमबार आयोजित प्रि म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीकी मुख्य प्रशिक्षक भगवती रानाले टोली साफको लागि तयार रहेको बताएकी छिन् ।

नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । च्याम्पियनसिपको पहिलो दिन भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

मुख्य प्रशिक्षक रानाले यस च्याम्पियनसिपमा सहभागिता जनाउन पाउँदा खुशी लागेको बताउँदै यस च्याम्पियनसिपको लागि टोली पूर्ण रुपमा तयार रहेको बताइन् ।

‘हामी जित्नको लागि उत्साहित भएर खेल्न तयार छौं । हरेक टोली बलियो नै छ । हामी शारीरिक र मानसिक रुपमा तयार छौं ।’ प्रशिक्षक रानाले थपिन्, ‘हामी विगत चार सातादेखि नियमित प्रशिक्षणमा छौं । हामीसँगै उनीहरु पनि नयाँ छन् । तातो मौसमका कारण खेलाडीलाई खेल्न केही कठिन हुन सक्नेछ ।’

टोलीकी कप्तान दीपा रोकायाले यस खेलमा संलग्न हुन पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन् । ‘यो प्रतियोगिता खेल्न पाउँदा खुशी छु । हामी जित्नको लागि आएका छौं । जितेर जानेछौं ।’ कप्तान दीपाले थपिन् ।

बंगलादेशकी प्रशिक्षक गोलाम अब्बानी छोटोनले ३ वर्ष कोरोनाका कारण कुनै कार्यक्रम नभएपनि विगत चार महिनादेखि प्रशिक्षण गरिरहेको बताए ।

सिनियर टोलीले नेपालमा आयोजना भएको महिला साफ च्याम्पियनसिप जितेपछि खेलाडीहरु उत्साहित छन् । टोली एक वर्षदेखिसँगै छन् । कोही चार महिनाअघि मात्र जोडिएका छन् । हामीसँग राम्रो प्रतिस्पर्धात्मक खेल हुनेछ । कप्तान रुमा अल्टरले पहिलो प्रतियोगिता खेल्न पाउँदा उत्साहित रहेको बताइन् ।

भुटानका मुख्य प्रशिक्षक नगावाङ यान्चेनले हामीले साफकै लागि तयारी गरिरहेका बताउँदै टोली निकै उत्साहित रहेको बताइन् । ‘यो उनीहरुको पहिलो अन्तर्राष्ट्रिय खेल हो । उनीहरुले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछन् । हामीले कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।’ प्रशिक्षक यान्चेनले भनिन्, ‘हामीले विगत तीन महिनादेखि प्रशिक्षण गरिरहेका छौं । टोली उर्जावान छ । हाम्रो बलियो पक्ष डिफेन्स हो ।’

कप्तान केल्डेन वाङ्मोले टोली मानसिक रुपमा तयार रहेको र च्याम्पियनसिपको लागि दृढ रहेको बताइन् । उनले टोलीको अपेक्षा धेरै रहेको र तीनै टोलीमा नयाँ खेलाडी रहेको बताइन् ।

च्याम्पियनसिपका लागि नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरि ३ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ३ टोलीले एक अर्कासँग दुई राउन्ड खेल्नेछन् ।

नेपालले कात्तिक १९ गते आयोजक बंगलादेशसँग खेल्नेछ । त्यसपछि नेपालले फेरि कात्तिक २३ गते भुटान र कात्तिक २५ गते बंगलादेशसँग खेल्नेछ । डबल राउन्ड रोबिन पछि शीर्षस्थानमा रहने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ ।

नेपाली टोलीको नेतृत्व दीपा रोकायले गर्नेछिन् । टोलीको प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन, गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी र फिजियो सरिता बजगार्इं रहेका छन् । व्यवस्थापकमा पूर्ण माया सुब्बा लिम्बू रहेका छन् ।

नेपाली यू१५ महिला टोली
गोलरक्षक – राधिका ओली, सुजाता तामाङ र रुपा धिमाल
डिफेन्डर – सीता रोकाया, अमिता भुल, दीपा मगर, अन्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु र विपना स्नेही
मिडफिल्डर – सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मन्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेविका नेपाली र मनिषा सेन
फरवार्ड – दीपा रोकाया (कप्तान), समिक्षा मगर, वर्षा ओली र सेनु परियार

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.