2 years ago
October 31, 2022
एजेन्सी – जर्मन मिडफिल्डर टोनी क्रुसले आफ्नो व्यावसायिक खेल करिअरमा पहिलोपटक रातो कार्ड पाएका छन् ।
स्पेनिस ला लिगा अन्तरगत जिरोनासग् १–१ गोलको बराबरीमा रोकिएको खेलमा क्रुसले दोहोरो पहेलो कार्डसहित व्यावसायिक करिअरकै पहिलो रातो कार्ड पाएका हुन् ।
उनले १५ वर्षको व्यावसायिक करिअरमा रातो कार्ड पाएका हुन् । ३२ वर्षीय क्रुसले व्यावसायिक खेल करिअर सुरुवात गर्नुअघि जर्मन क्लब बायर्न म्युनिखमा यू१९ को खेल दौरान रातो कार्ड पाएका थिए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जिरोनाको काउन्टर अट्याक रोक्न उनले अनावश्यक ट्याकल गर्दा रेफ्रीले दोहोरो पहेलो कार्ड देखाउँदा उनले आफ्नो निर्दाेषताको विरोध नगरी मुस्कुराउँदै मैदान छाडेका थिए । सम्भवत ट्याकल गरेको केही क्षणपछि उनी आँफैले पनि पनि १५ वर्षको करिअरमा रातो कार्ड पाएको महसुस गरे ।
एक प्रशंसकले ट्वीट गरे ‘मेरो मतलव यो एक खराव ट्याकल थियो ।’ क्रुसले व्यावसायिक करिअरमा पहिलोपटक रातो कार्ड खाएको तथ्यांक सुनेर प्रशंसक पनि छक्क परे ।
यस्तै प्रशंसकले कार्लाे एन्सेलोटीको खेलाडी प्रतिस्थापनलाई दोष दिएका छन् । ति प्रशंसकले क्रुसलाई (पहेँलो कार्डसहित) मैदानमा छोडेको र मार्काे एसेन्सियोको लागि इडुआर्डाे कामाभिंगालाई बाहिर निकालेको राम्रो नभएका बताएका छन् ।
मिडफिल्डमा सावधानीपुर्वक खेल्ने क्रुसले १५ वर्षको व्यवसायिक खेल करिअरमा ७४० खेल खेल्दा ८४ पहेँलो कार्ड पाएको छ । यो स्पष्ट छ कि उनले मिडफिल्डमा आँफुलाई जमाएको छ । यो अवधिमा उनले सबै कुरा हासिल गरेको छ । यसमा अब रातो कार्ड पनि थपिएको छ ।
सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलको ७०औं मिनेटमा भिनिसियस जुनियरको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । त्यसको १० मिनेटपछि विवादास्पद पेनाल्टीमा क्रिस्टियान स्टुआनीले पेनाल्टीमा बराबरी गोल फर्काए ।
९०औं मिनेटमा रोड्रिगोले गोल गरेपनि भिएआरले गोललाई मान्यता नदिदा स्पेनिस र युरोपेली च्याम्पियन रियलले जित निकाल्न सकेन ।
यस बराबरीको नतिजाका बावजुत अपराजित रहेको रियलले शीर्षस्थानमा बार्सिलोनालाई १ अंकले पछि पारेको छ । रियलको १२ खेलबाट खेलबाट ३२ अंक पुगेको छ । समान खेलबाट बार्सिलोनाको ३१ अंक छ । जिरोना १०औं जोडेर १६औं स्थानमा रहेको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]