2 years ago
October 23, 2022
एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ ।
आर्सनल घरेलु टोली साउथह्याम्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा आइतबार राति भएको खेलमा आर्सनलका ग्रानिट झाँकाले गोल गर्दा घरेलु टोलीका स्टुआर्ट आम्र्सट्रङले बराबरी गोल फर्काए ।
खेलको ११औं मिनेटमा ग्रानिट झाँकाको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । उनले बेन ह्वाइटको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई आर्सनलले दोस्रो हाफमा जोगाउन सकेन ।
६५औं मिनेटमा स्टुआर्ट आम्र्सट्रङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । आर्सनलको बराबरीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा भएको छ ।
यस बराबरीसँगै आर्सनलले शीर्षस्थानमा ४ अंकको स्पष्ट अग्रता लिने मौका गुमाएको छ । शीर्षस्थानमा रहेको आर्सनलको ११ खेलबाट २८ अंक पुगेको छ । समान खेलबाटै सिटीको २६ अंक छ । साउथह्याम्टन १२ अंक जोडेर १५औं स्थानमा रहेको छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]