default_image

2 years ago

October 23, 2022

सात गोलको थ्रिलमा इन्टर मिलानको रोमाञ्चक जित

247 views

0 Bookmark

एजेन्सी – सात गोलको थ्रिलमा इन्टर मिलानले रोमाञ्चक जित निकालेको छ । इन्टरले घरेलु टोली फियोरेन्टिनामाथि ४–३ को रोमाञ्चक जित निकालेको हो ।

इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा निकोला बरेल्ला र हेनरिक मिखटारयनले समान एक गोल गरे । फियोरेन्टिनाका आर्थर कावरल, जोनाथन कोन र लुका जोभिकले गोल गरे ।

शनिबार राति भएको खेलको दोस्रो मिनेटमा निकोला बरेल्लाको गोलबाट इन्टरले अग्रता लिएको थियो । उनले मार्टिनेजको पासमा गोल गरेका थिए । १५औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा आर्थरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ६०औं मिनेटमा जोनाथनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

७३औं मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई पुनः ३–२ को अग्रता दिलाए । ९०औं मिनेटमा लुका जोभिकले गोल गर्दै फियोरेन्टिनालाई पुनः खेलमा फर्काउँदा खेल ३–३ गोलको बराबरीको स्थितिमा पुग्यो ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा हेनरिक मिखटारयानले गोल गर्दै इन्टरलाई ४–३ को रोमाञ्चक जित दिलाए । यस जितसँगै इन्टर ११ अ‍ेदबाट २१ अंक जोडेर सातौं स्थानमा रहेको छ । पराजित फियोरेन्टिना १० अंक जोडेर १३औं स्थानमा रहेको छ ।

अर्काे खेलमा एसी मिलानले मोन्जामाथि ४–१ को सानदार जित निकालेको छ । मिलानको जितमा ब्राहिम डियाजले दुई तथा डिभोक ओरिगी र राफयल लियोले समान एक गोल गरे । मोन्जाका फिलिपो रानोचियाले एक गोल फर्काए ।

यस जितसँगै मिलान ११ खेलबाट २६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान २६ अंक नै रहेपनि एक खेल कम खेलेको नेपोली शीर्षस्थानमा छ । पराजित मोन्जा १० अंक जोडेर १४औं स्थानमा छ ।

March 12, 2025

लिभरपुललाई हराउँदै पिएसजी क्वाटरफाइनलमा

एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्‍यो। यो जितले‌ पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

Success

Thank you for your time.