2 years ago
October 23, 2022
एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरको उच्च प्रदर्शनमा उच्च प्रदर्शनमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ ।
घरेलु मैदानमा रियलले सेभियामाथि ३–१ को सहज जित आत्मसात गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको हो । सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज र फेडे भाल्भेर्डेले गोल गरे । भिनिसियसले दुई गोलको लागि असिस्ट दिए । सेभियाका एरिक लमेलाले एक गोल फर्काए ।
खेलको पाँचौ मिनेटमा नै लुका मोड्रिचको गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो । गुडेल्जले नियन्त्रणमा लिन नसकेको बललाई भिनिसियसले अघि बढाउँदै दिएको क्रसलाइै अनमार्क रहेका मोड्रिचले सहजै गाल गर्न सफल भए ।
५४औं मिनेटमा एरिक लमेलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । गोन्जालो मोन्टिएलको पासमा एरिक लमेलाको प्रहार फितलो प्रहार रियलका गोलरक्षक थिवाउट कोर्टुवालाई लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसपछि लुकास भास्क्वेजले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा गोल गर्दै रियललाई २–१ ले अघि बढाए । ७७औं मिनेटमा ड्यानी कार्भाजलको स्थानमा मैदान छिरेका भास्क्वेजले मार्काे एसेन्सियो हुँदै भिनिसियस जुनियरले आँफै गोल गर्न सक्ने अवस्थामा पनि दिएको पासलाई भास्क्वेजले सहज फिनिस गरे ।
८१औं मिनेटमा फेडे भाल्भेर्डेले एसेन्सियोको पासमा आफ्नो ट्रेडमार्क गोल (पेनाल्टी बक्स बाहिर) बाट गर्दै रियललाई ३–१ को सानदार जित दिलाए ।
यस जितसँगै रियलले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । रियलको ११ खेलबाट ३१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको २५ अंक छ । पराजित सेभिया १० अंक जोडेर १४औं स्थनमा छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]