default_image

2 years ago

October 22, 2022

आरसीटीले मनायो ९० औं वार्षिकोत्सव

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु फुटबलको सबैभन्दा सफल क्लबमध्ये एक रहेको अन्नपूर्ण आरसीटीले शनिबार आफ्नो ९० औं वार्षिकोत्सव मनाएको छ ।

हाल सहिद स्मारक लिग ‘बी’ डिभिजनमा रहेको आरसीटीले छ पल्ट ‘ए’ डिभिजनको उपाधि जितेको छ । आरसीटीको स्थापना १९८९ मा भएको थियो । रानीपोखरीको दरवार हाई स्कुलमा आयोजित कार्यक्रमका अवसरमा क्लबका दिवंगत खेलाडी, सदस्य र समर्थकको सम्मानमा भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो ।

त्यस अवसरमा आरसीटीले क्लबको उज्यालो इतिहास निर्माणमा प्रशंसनीय भूमिका निर्वाह गरेका सबैलाई आभार पनि व्यक्त गरेको छ । आरसीटीले आफ्नो क्लब भवनमा क्लबले हासिल गरेको उपलब्धिको संग्रहालय पनि खोलेको छ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.