2 years ago
October 22, 2022
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सानदार जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा इम्पोलीमाथि ४–० को सानदार जित हात पारेको हो ।
युभेन्ट्सको फराकिलो जितमा एड्रिएन राविओटले दुई तथा मोइस किन र वेस्टन म्याकिनीले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो ।
एलिएन्ज स्टेडियम टोरिनोमा शुक्रबार राति भएको खेलको आठौं मिनेटमा मोइस किनको गोलबाट युभेन्ट्सले १–० को अग्रता लिएको थियो । उनले फिलिप कोस्टिकको पासलाई सदुपयोग गरेका थिए ।
५६औं मिनेटमा वेस्टन म्याकिनीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । उनले जुआन कोर्डाडोको पासलाई सदुपयोग गरेका थिए ।
त्यसपछिको दुवै गोल एड्रिएन राविओटको नाममा रह्यो । ८२औं मिनेटमा राविओटले कोर्डाडोकै पासमा गोल गर्दै युभेन्ट्सलाई सहज जिततर्फ अघि बढाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा राविओटले डानिलोको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्दै युभेन्ट्सलाई ४–० को फराकिलो जित दिलाए ।
यस जितसँगै युभेन्ट्स ११ खेलबाट १९ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित इम्पोली ११ अंक जोडेर ११औं स्थानमा रहेको छ ।
February 6, 2025
एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]