default_image

2 years ago

October 20, 2022

पुरुष फुटबलको स्वर्ण एपिएफलाई

375 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक नेपाल एपिएफ क्लबले जितेको छ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको थियो । थप समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकर ४-४ को बराबरीमा पुग्दा सडन डेथमा आर्मीलाई हराउँदै एपिएफले स्वर्ण पदक जित्यो ।

टाइब्रेकरमा आर्मीका लागि नवयुग श्रेष्ठ र एपिएफका नविन लामाले पहिलो प्रहारमा गोल गरे । आर्मीका सेसेहाङ आङदेम्बेले दोस्रो प्रहार चुकाएर दोस्रो अवसर प्राप्त गरे, तर उक्त प्रहारलाई पनि एपिएफका गोलरक्षक राजु नगरकोटीले बचाए । एपिएफका आवास लामिछानेले गोल गर्दै अग्रता दिलाए । जर्जप्रिन्स कार्कीले गोल गरेपछि एपिएफका सनिश श्रेष्ठको प्रहार आकाशियो ।

आर्मीका सिमान्त थापा र एपिएफका सुदीप सिख्राकारले पनि गोल गरे । आर्मीका विवेक बस्नेतले पाँचौ प्रहारमा सफल हुँदा एपिएफका गोलरक्षक राजु नगरकोटीले पनि सहजै गोल गरे ।

सडन डेथमा आर्मीका विकास खवासले गोल गर्दा एपिएफका दीपेश धिमालले विकेश कुथुलाई बिट गरे । त्यसपछि आर्मीका सुमन अर्यालको प्रहार राजु नगरकोटीले रोक्दा विश्वास उदासले गोल गर्दै जित पक्का गरे ।

१४ औं मिनेटमा नवयुग श्रेष्ठको ओभरहेड किक बाहिरिएको थियो । ३२ औं मिनेटमा एपिएफका मणि कुमार राईको प्रहार आर्मीको गोलरक्षक विकेश कुथुले बचाएका थिए । ३५ औं मिनेटमा डिफेन्डर र गोलरक्षकबीच तालमेल नमिल्दा आर्मी गोल खानबाट बचेको थियो ।

५८ औं मिनेटमा नविन लामाको प्रहार सुमन अर्यालले गोल लाइनबाट हेडरमार्फत किलर गर्दै आर्मीको संकट टारे । त्यसअघि सोही मुभमा विक्कु तामाङको प्रहारलाई गोलरक्षक विकेशले अघि बढ्दै बचाए । ६१ औं मिनेटमा हरि कार्कीको प्रहारलाई विकेशले पन्च गर्दै बचाए ।

६७ औं मिनेटमा विकाश खवासको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ७० औं मिनेटमा जर्ज प्रिन्स कार्कीले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

७९ अ‍ौं मिनेटमा दुवै टोली १० खेलाडीमा सिमित भए । एपिएफका प्रदीप लामा र आर्मीका पदम तामाङबीच धक्कामुक्की हुँदा रेफ्री नविन्द्र महर्जनले दुवैलाई रातो कार्ड दिए । ८५ औं मिनेटमा सिमन्त थापाको क्रसलाई सुदिल राईले पोष्ट नजिकै अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । त्यसपछि गोल नहुँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

यो पनि : महिला फुटबलमा एपिएफलाई स्वर्ण

February 22, 2025

गोलकिपर दीपलाई बुटवलले विस लिस्टबाट किन्यो

काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]

February 22, 2025

गोलकिपर दीप र विशाल पनि ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]

February 22, 2025

स्ट्राइकर भरत ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]

Success

Thank you for your time.