10 years ago
September 17, 2015
काठमाडौं, भाद्र ३१ ।
भर्खरै भारत विरुद्ध भएको मैत्रिपुर्ण खेलमा डेब्यु गरेका नवयुग श्रेष्ठ राष्ट्रिय टोलीमा चम्कने सक्ने अभिव्यक्ति राजु तामाङले दिएका छन्|
बिहिबार भएको राष्ट्रिय लिगको विभागिय डर्बीमा ह्याट्रिक गर्दै आर्मीलाई ३-०को जित दिलाएका नवयुग विगत दुई वर्षदेखि चर्चामा आएका हुन्|
राष्ट्रिय टोली एवं आर्मीका मिडफिल्डर राजु तामाङले नवयुगको खेललाई यसरी बयान गरे: ‘विभागिय डर्बी भन्ने वितिक्कै खेलको माहोल नै छुट्टै हुन्छ, टिमको इज्जतको कुरा आउने हुनाले सहभागि सबैले आफ्नो सर्वश्रेष्ठ दिएका हुन्छन्| आजको खेल पनि उस्तै थियो, पुलिसका केहि खेलाडी घाइते भएतापनि नवयुगको प्रदर्शन निकै उत्कृष्ट थियो| नवयुगको यो प्रदर्शनले हाम्रो लिगमा माथि चढ्ने अभियानमा ठुलो सहयोग पुगेको छ|’
राष्ट्रिय टोलीमा नवयुगको सम्भावनाको कुरा गर्दा राजुले आफु एकदमै आशावादि रहेको बताए| ‘नवयुगजस्तो युवा खेलाडी यति राम्रो फर्ममा आउनु निकै राम्रो कुरा हो| साफ नजिकिदै जाँदा उ जस्तो खेलाडीले राम्रो प्रदर्शन गर्दा राष्ट्रकालागि पनि केहि नगर्ला भन्न सकिन्न| भारतविरुद्ध पनि उसको खेल राम्रै थियो र लिगमा पनि उ राम्रो खेलिरहेको छ| नयाँ प्रशिक्षकले उसको खेल हेरेकै छन् र नवयुगले राष्ट्रिय टोलीमा राम्रो गर्ने कुरामा म विश्वस्त छु|
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]