8 years ago
December 24, 2016
दिपेन्द्र पोखरेल
दुहबी – एपिएफले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जितेको छ । सुनसरीको दुहबी रंगशालामा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै एपिएफ राष्ट्रिय च्याम्पियन बनेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा एपिएफ भाग्यशाली रह्यो ।
खेलभर पुलिसले नियन्त्रण जमाएपनि गोलको खाता खोल्न सकेन । पहिलो भएको एपिएफका खेलाडीले जनही ७ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा पुलिसकी निरु थापा ५ गोलसहित प्रतियोगिताको सर्वाधिक गोल कर्ता बनिन् । त्यसअघि मध्यमाञ्चललाई २–१ ले हराउँदै त्रिभुवन आर्मी क्लब तेस्रो बनेको थियो ।
दुवै टोली अपराजित रहँदै अन्तिम दुईमा पुगेका थिए । समूह चरणमा यी दुई टोली एकै समूहमा थिए । समूह चरणमा यी दुईबीचको खेल १–१ को बराबरी खेलेका थिए । दुवैले समूह चरणमा ३ खेलमा समान ७ अंक जोडेका थिए । गोलअन्तरमा मात्र दुई टोलीबीच फरक थियो । समूह चरणमा विजेता बन्ने क्रममा पुलिसले ३ खेलमा ८ गोल गर्दै १ गोल खाएको थियो । एपिएफले ८ गोल गर्दै २ गोल खाएको थियो ।
शुक्रबार भएको सेमिफाइनलमा पुलिसले मध्यमाञ्चललाई ५–० ले र एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराएर एकअर्कोसँगको भेट पक्का गरेका थिए । पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागितामा महिला फुटबल पुस २ गतेबाट सुरु भएको थियो ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]