default_image

2 years ago

October 18, 2022

सावित्राको गोलमा एपिएफ महिला फुटबलको फाइनलमा

290 views

0 Bookmark

वालिङ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । वालिङ खेल मैदानमा मंगलबार अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै उपाधि रक्षा नजिक पुगेको छ ।

एपिएफ साविक विजेता हो । सावित्रा भण्डारी सम्बाले गरेको गोल खेलको निर्णायक बनेको छ । सावित्राले ५६ औं मिनेटमा गरेको गोल एपिएफको फाइनल यात्राका लागि पर्याप्त बन्यो । जारी प्रतियोगितामा सावित्राको गोल सख्या १२ पुगेको छ ।एपिएफले अब उपाधिका लागि अर्को विभागिय टोली नेपालको पुलिस क्लबको सामना गर्नेछ ।

मंगलबार नै पुलिसले पुलिसले प्रदेश १ लाई ३–० ले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेको थियो । पुलिसको जितमा रेखा कुमारी पौडेल, निर्मला विक र निर्मला उपाध्ययले गोल गरेकी थिइन् । खेलको १३औं मिनेटमा रेखाले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाइन् ।

१९औं मिनेटमा निर्मला विकले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारिन् । त्यसपछि ८०औं मिनेटमा परिवर्तित खेलाडी निर्मला उपाध्ययले गोल गर्दै पुलिसको जित पक्का गरिन् । निर्मला ७१औं मिनेटमा सिर्जना खड्काको स्थानमा मैदान छिरेकी थिइन् ।

February 23, 2025

भिल्लाले चेल्सीलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लाले चेल्सीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा चेल्सी भिल्लासँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे । पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे । खेलमासुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ९औं मिनेटमा नै फर्नान्डेजले […]

February 23, 2025

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

Success

Thank you for your time.