2 years ago
October 18, 2022
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले पहिलोपटक बालोन डिओर अवार्ड जितेका छन् ।
बेन्जेमाले पहिलोपटक बालोन डिओरको अवार्ड जित्ने क्रममा लिभरपुल–बायर्नका साडियो माने र म्यानचेस्टर सिटीका केभिन डि ब्रुएनालाई पछि पार्दै यो अवार्ड जित्न सफल भएका हुन् ।
रियललाई २०२१–२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन उच्च प्रदर्शन गरेका बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए ।बेन्जेमा सन् १९९८ मा जिनेदिन जिदानपछि प्रतिष्ठित अवार्ड जित्ने पहिलो फ्रान्सेली खेलाडी बनेका छन् ।
‘मेरो अगाडि यो पुरस्कारले मलाई साँच्चै गर्व गर्छ । बेन्जेमाले भने, ‘जब म सानो थिएँ, यो बाल्यकालको सपना थियो, मैले कहिल्यै हार मानिन । जे पनि सम्भव छ । म यहाँको यात्रामा साँच्चै गर्व गर्छु । यो सजिलो थिएन, यो मेरो परिवारको लागि पनि गाह्रो समय थियो ।’
बेन्जेमा यस वर्षको अवार्ड जित्नेमा सबैभन्दा बलियो हकदार थिए । गत सिजन उनको ४४ गोलमा च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनविरुद्ध ह्याट्रिक, चेल्सीविरुद्धको गोलसँगै म्यानचेस्टर सिटीविरुद्धको तीन गोल पनि समावेश छ ।
सन् २००९ देखि रियल म्याड्रिडमा रहेका ३४ वर्षिय खेलाडीले नोभेम्बर २० बाट कतारमा हुने विश्वकपमा फ्रान्सका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । बालोन डी’ओर अवार्डका लागि विश्वभरका १०० पत्रकारले मतदान गरेका छन् ।
बायर्न–बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, लिभरपुलका मोहम्मद सलाह, पिएसजीका केलियन एमबाप्पे, रियल म्याड्रिडका थिवाउट कोर्टुवा, रियलकै भिनिसियस जुनियर, रियलकै लुका मोड्रिच र बोरुसिया डर्टमुन्ड–म्यानचेस्टर सिटीका एर्लिङ ब्राउट हालान्ड शीर्ष १० मा रहे ।
ह्युङ मिन सन, रियाद महारेज, सेवास्टिन हालेर, फाविन्हो र भर्जिल भान डाइक शीर्ष १६ मा रहे । लुई डियाज, डुसान भ्लाहोभिच र क्यासमिरो संयुक्त रुपमा १७औं स्थानमा रहेका छन् । क्रिस्टियानो रोनाल्डो २०औं तथा ह्यारी केन २१औं स्थानमा रहेका छन् ।
ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, फिल फोडेन र बर्नाडो सिल्भाले संयुक्त रुपमा २२औं वरीयता पाए । जोओ क्यान्सेलो योसुवा किम्मिख, मिक मेइगनान, एन्टेनियो रुडिगर, डार्विन नुनेज र क्रिस्टोफोर एनकुकु संयुक्त रुपमा २५औं स्थानमा रहे । यसअघि लियोनल मेस्सी (सात) र क्रिस्टियानो रोनाल्डो (पाँच) गरी १२ पटक यो अवार्ड जितेका छन् ।
महिलातर्फ २०२२ को सर्वोत्कृष्ट महिला फुटबलर बनेकी बार्सिलोनाकी एलेक्सिया पुटेलासले आफ्नो दवदवा कायम राख्दै महिला बालोन डी’ओर जितेका छन् । युरो २०२२ को विजेता इंग्ल्याण्ड र आर्सनलकी फरवार्ड बेथ मीड दोस्रो भइन् ।
बालोन डी’ओर २०२१–२२ सिजनको प्रदर्शनका आधारमा वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गरिन्छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]