default_image

2 years ago

October 17, 2022

माल्टामा नेपालीहरुबीच फुटबल प्रतियोतिगा हुने

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युरोपियन मुलुक माल्टामा रहेका नेपालीहरुबीच फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपालीहरुको महान पर्व तिहार छठको अवसर पारेर एनएमएसएस क्लबले फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ ।

अक्टोबर २३ मा आयोजना हुने प्रतियोगिता सेभेन ए साइडको हुने छ । प्रतियोगितामा सहभागीताका लागि आयोजक एनएमएसएस क्लब आव्हान खुला आव्हान गरेको जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि १९ अक्टोबरभित्र ३ सय युरो तिरेर टोलीको दर्ता गर्न सकिने प्रतियोगिताका व्यवस्थापक सञ्जिब पौडेलले जानकारी दिएका छन् । खेलाडी माल्टामा बसोबास गर्ने नेपाली नै हुनुपर्ने छ।

माल्टामा रहेका नेपालीहरुबीच भाइराचार अभिवृद्धिका लागि आयोजना गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित १ हजार ५ सय युरो र दोस्रो हुने टोलीले ७ सय ५० युरो पाउने छ । यस्तै, उत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र दिइने पौडेलले बताए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.