8 years ago
December 24, 2016
दिपेन्द्र पोखरेल
दुहबी – सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल उपाधिका लागि विभागिय डर्बीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको एपिएफबीचको फाइनल सुनसरीस्थित दुहबी रंगशालामा शनिबार दिउँसो सुरु हुँदैछ ।
दुवै टोलीको वास्तविक परिक्षण फाइनलमै हुनेछ । दुवै टोली अपराजित रहँदै अन्तिम दुईमा पुगेका थिए । समूह चरणमा यी दुई टोली एकै समूहमा थिए । समूह चरणमा यी दुईबीचको खेल १–१ को बराबरी खेलेका थिए ।
दुवैले समूह चरणमा ३ खेलमा समान ७ अंक जोडेका थिए । गोलअन्तरमा मात्र दुई टोलीबीच फरक थियो । समूह चरणमा विजेता बन्ने क्रममा पुलिसले ३ खेलमा ८ गोल गर्दै १ गोल खाएको थियो । एपिएफले ८ गोल गर्दै २ गोल खाएको थियो ।
शुक्रबार भएको सेमिफाइनलमा पुलिसले मध्यमाञ्चललाई ५–० ले र एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराएर एकअर्कोसँगको भेट पक्का गरेका थिए । महिला फुटबल पुस २ गतेबाट सुरु भएको थियो ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]