default_image

2 years ago

October 17, 2022

नेयमारको गोलमा पिएसजीको जित

128 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड नेयमारको गोलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित निकालेको छ ।

घरेलु मैदानमा पिएसजीले मार्सेलाई १–० ले पराजित गरेको हो । पिएसजीको जितमा पहिलो हाफमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो ।

उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा केलियन एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए ।पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा नेयमारको गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ११ खेलबाट २९ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानमा रहेको लोरिएन्टलाई ३ अंकले पछि पारेको छ । पराजित मार्से २३ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.