default_image

2 years ago

October 16, 2022

एल क्लासिकोमा रियल म्याड्रिडको जित

155 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको सिजनको पहिलो ‘एल क्लासिको’ मा रियल म्याड्रिडले क्याटलान क्लब बार्सिलोनालाई पराजित गरेको छ ।

रियलले घरेलु मैदानमा बार्सिलोनामाथि ३–१ को सहज जित निकालेको हो । रियलको जितमा कप्तान करिम बेन्जेमा, फेडे भाल्भेर्डे र रोड्रिगोले गोल गरे । बार्सिलोनाका फेरान टोरेसले एक गोल फर्काए ।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा घरेलु टोली रियललको खेलको १२औं मिनेटमा कप्तान बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । उनले टोनी क्रुस र भिनिसियस जुनियर हुँदै आएको बललाई झन्डै १५ यार्डबाट गोलरक्षक मार्क आन्दर टेर स्टेगनलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

३५औं मिनेटमा फेडे भाल्भेर्डेले दर्शनीय गोल गर्दै रियलको अग्रता दोब्बर पारे । फर्लान्ड मेन्डीको पासमा भाल्भेर्डेले बार्सिलोनाका तीन डिफेन्डरबीचबाट गरेको प्रहारले जाली चुम्दा गोलरक्षक मार्क आन्दरले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

८३औं मिनेटमा परिवर्तित खेलाडी फेरान टोरेसले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ६०औं मिनेटमा राफिन्हाको स्थानमा मैदान छिरेका टोरेसले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियलको जित पक्का गरे । ८५औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका रोड्रिगोलाई एरिक गार्सियले फउल गरेपछि रेफ्रील भिएआरको सहायतामा रियललाई पेनाल्टी प्रदान गर्दा रोड्रिगोल चुकेनन् ।

यस जितसँगै रियलले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिन सफल भएको छ । अपराजित रहेको रियलको ९ खेलबाट २५ अंक पुगेको छ । पहिलो हार बेहोरेको बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.