default_image

2 years ago

October 16, 2022

एनआरएनएले प्रोटेष्ट लागेका ८ खेलाडी खेलाउन खोजेपछि…

307 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– प्रोटेष्ट लागेका ८ खेलाडीलाई समेत खेलाउने गरि गैर आवसिय नेपाली संघ (एनआरएनए) ले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलमा आफ्नो टोली उतार्न खोजेपछि खेल रद्द गर्दै विपक्षी गण्डकी प्रदेशलाई विजयी घोषित गरिएको छ ।

निर्धारित समय भन्दा झन्डै डेढ घन्टा गोष्टे फुटबल मैदानमा पुगेको एनआरएनले टोलीले प्रोटेष्ट (उजुरी) लागेका ८ खेलाडीलाई समेत सहभागी गराउँदै वार्म अप गराएको थियो । प्रोटेष्ट लागेका खेलाडीलाई खेलाउन नपाउने भन्दै रेफ्रीहरुले सुचित गरेपनि टोलीले अटेर गरेको बताइएको छ । त्यसपछि रेफ्रीले खेल अघि बढाउन नसकिने जानकारी दिँदै गण्डकीलाई विजयी घोषित गरिएको थियो ।

अघिल्लो दिन प्रदेश १ लाई २–० ले हराएको गण्डकी सेमिफाइनल प्रवेश गरेको छ । यससँगै प्रदेश १ र एनआरएनए टोली प्रतियोगिताबाट बाहिरिए । उद्घाटन खेलमा एनआरएनए टोलीसँग २–० ले पराजित भएपछि प्रदेश १ ले ८ खेलाडी एनआरएनए नरहेको भन्दै प्रोष्टेट गरेको थियो ।

प्रदेश १ विरुद्ध गोल गरेका संजोक राई र विमल घर्ती मगरसहित अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, विशाल राई, इशान खड्का र अशोक खवासविरुद्ध प्रदेश १ ले प्रोटेष्ट राखेको थियो । नवौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिले ८ खेलाडीविरुद्धको प्रोटेष्ट सदर गर्दै उनीहरुले बाँकी खेल खेल्न नपाउने निर्णय गरेको थिए ।

प्राविधिक समितिले टोलीमा बाँकी रहेका १२ खेलाडी मात्र राखेर भने एनआरएनएले खेलाउन पाउने जनाएको थियो । एनआरएनए फुटबल टोलीका व्यवस्थापक सन्तोष कार्कीले शनिबार पत्रकार सम्मेलन गर्दै आफूहरुले खेल्न पाउनुपर्ने माग गरेका थिए ।

समूह ‘ए’को विजेता बनेको गण्डकी प्रदेशले अब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसबीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

February 23, 2025

नवयुगले पोखरा थन्डर्सबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)-   राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका स्ट्राइकर नवयुग श्रेष्ठलले पोखरा थन्डर्सबाट खेल्ने भएका छन्। हिजो भएको अक्सनमा क्याटगरी ‘बी’ मा रहेका उनी अनसोल्ड भएका थिए। उनको बेस प्राइस मात्र १ लाख ५० हजार थियो। तर पनि उनको लागि सातै टिमले फ्लयाग उठाएनन्। तर अक्सनको भोलिपल्ट पोखराले खरिद गरेका राम थापाले नखेल्ने भनेपछि उनको स्थानमा […]

February 23, 2025

पहिलो हाफमा नेपाल र म्यानमार २-२ को बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा नेपाल र म्यानमारको खेल जारी छ। पहिलो हाफमा नेपाल र म्यानमारबीचको खेल २-२ को बराबरीमा सकिएको छ। खेलको छैठौं मिनेटमा नै घरेलु टिम र दर्शकलाई स्तब्ध बनाउँदै म्यानमारले अग्रता बनायो। सविता राना मगरले स्वे यी तुनलाई फाउल हानेपछि म्यानमारले फ्रि-किक प्राप्त गर्यो। जहाँ म्याट नोइ खिनले फ्रि-किकमा […]

Success

Thank you for your time.