default_image

2 years ago

October 16, 2022

ग्रिजमनको गोलमा एट्लेटिकोको जित

180 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको गोलमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा महत्वपूर्ण जित निकालेको छ ।

एट्लेटिकोेले घरेलु टोली एथलेटिको बिल्वाओलाई उसकै मैदानमा १–० ले हराएको हो । सान मेमेज वारिया बिल्वाओमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोको जितमा दोस्रो हाफमा ग्रिजमनले गरेको गोल नै निर्णायक बन्यो । ृनले ४७औ मिनेटमा गोल गरे ।

खेलको १०औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपनि उनको गोलले मान्यता नपाउँदा उनको गोलले भिएआरबाट मान्यता नपाउँदा एटलेटिकोले अग्रता लिन सकेन । उक्त गोलको मुभमा फउल देखिएको थियो ।

त्यसपछि ग्रिजमनले ४७औं मिनेटमा मोराटाको पासमा गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए । यससँगै ग्रिजमनले ला लिगामा एट्लेटिकोबाट १ सय गोल गपूरा गरेका छन् ।

उनले यसअघि २०१४–१५ को सिजनदेखि २०१८–१९ को सिजनसम्म ९४ गोल गरेका थिए । त्यसपछि २०२१–२२ को सिजनदेखि हालसम्म ६ गोल गर्न सफल भएका छन् । त्यसपछि गोल निस्कन नसक्दा एट्लेटिको विजयी हुन सफल भयो ।

यस जितसँगै एट्लेटिको ९ खेलबाट १९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित एथलेटिको बिल्वाओ १७ अंक जोडेर तेस्रो स्थानमा धकेलिएको छ । समान २२ अंक रहेपनि गोलअन्तरमा बार्सिलोना शीर्ष तथा रियल म्याड्रिड दोस्रो स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.