default_image

2 years ago

October 15, 2022

महिला फुटबलमा प्रदेश १ सँग गण्डकीको हार

177 views

0 Bookmark

वालिङ (हाम्रो खेलकुद) – स्याङ्जाको वालिङमा जारी महिला फुटबलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

बागमती प्रदेश टोली

प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई २–१ गोलले पराजित गरेको हो । प्रदेश १ की अन्जना थुलुङ राईले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।

६३औं मिनेटमा अनिता गुरुङले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् । ८१औं मिनेटमा गण्डकीकी शान्ति नेपालीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि गण्डकी पराजित हुन पुग्यो ।

यसैगरी बागमती प्रदेशले लुम्बीनी प्रदेशलाई ७¬–० ले पराजित गरेको छ । बागमतीकी पुजा लामाले दुई तथा सुजिता लामा, मनिसा थापा मगर, कुमारी तामाङ र सुजता लामाले गोल गदौ एक गोल उपहार पाएको थियो ।

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

January 15, 2025

प्रहरी र संकल्प सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]

January 15, 2025

एपिएफको लगातार पाँचौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]

Success

Thank you for your time.