default_image

2 years ago

October 15, 2022

रियल म्याड्रिडका गोलरक्षकले ‘एल क्लासिको’ गुमाउने

107 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवाले स्पेनिस ला लिगाको ‘एल क्लासिको’ अर्थात क्याटलान क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।

यस सिजनको पहिलो क्लासिको आइतबार राति ८ बजे रियलको मैदान सान्टियागो बर्नबेउमा हुँदैछ । रियल म्याड्रिडका प्रशिक्षक कार्लाे एन्सेलोटीले बेल्जियन गोलरक्षक कोर्टुवाले क्लासिको गुमाउने पक्का भएको जनाएको छ ।

चोटका कारण ३० वर्षीय कोर्टुवाले गत महिनाको अन्त्यदेखि खेलेका छैनन् । चोटका कारण उनले रियलको टोलीसँग प्रशिक्षण गरेका छैनन् । प्रशिक्षक एन्सेलोटीले क्लासिको खेल्ने समय ४८ घन्टाभन्दा बढी रहँदा नै कोर्टुवाले नखेल्ने पुष्टि गरेका छन् ।

स्पेनिस पत्रिका मार्काका अनुसार कोर्टुवाको चोट अपेक्षाकृत रुपमा हुन सकेको छैन । सोही कारण पनि उनको पूनरागमनलाई हतार नगरिएको क्लबले जनाएको छ ।

कोर्टुवाको चोटसँगै यो सिजनको पहिलो क्लासिकोमा रियलको पोस्ट एन्ड्री लुनिनले सम्हाल्नेछन् । लुनिनले रियलको सबै पछिल्लो चार खेलमा पोस्ट सम्हालिसकेका छन् । उनले च्याम्पियन्स लिगमा साख्तर डोनेस्कविरुद्ध दुई र ला लिगामा गेटाफे र ओसासुनाविरुद्ध खेलेका छन् ।

रियलले कोर्टुवाले बार्सिलोनाविरुद्ध नखेल्ने बताएपनि उनी कहिले फर्कने केही बताएको छैन । तर, पनि रियलले उनको स्थितिबारे लगातार अध्ययन गरिरहेको छ । उनी लगातार रियलको फिजियोमा व्यस्त रहेका छन् ।

कोर्टुवाले पछिल्लोपटक युइएफए नेसन्स लिगमा नेदरल्यान्ड्सविरुद्ध १–० ले पराजित भएको खेलमा खेलेका थिए । त्यसयता उनले रियलको चार खेल गुमाएको छ । उनले पछिल्लोपटक रियलका लागि मड्रिड डर्वीमा २–१ को जित निकालेको खेल खेलेका थिए ।

सन् २०१८ मा रियलमा आएका कोर्टुवा त्यसपछि रियलको लगातार पहिलो रोजाईमा खेल्दै आएका छन् । उनले रियलका लागि १९० खेल खेलेका छन् ।

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.